Below Menu
Below Menu

हाम्रो साकोसको अभियान: कमाउँदै पढ्दै, अघि बढ्दै

हाम्रो साकोसको अभियान: कमाउँदै पढ्दै, अघि बढ्दै

ललितपुर : हाम्रो बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यहरुको लागि कमाउँदै पढ्दै, अघि बढ्दै अभियानको सुरुवात गरेको छ । संस्थाले महिला सदस्यहरुलाई जागिरको ज्ञारेन्टीसहित यो अभियान सुरु गरेको हो ।

संस्थाले एलोइ प्रा.लि.सँग सम्झौता गरी पहिलो चरण तालिम र दोश्रो चरणमा इलेक्ट्रिक स्कुटर खरिदका लागि वित्तीय सहजीकरण गर्ने गरी सम्झौता गरेको हो । सवारी चालक अनुमती पत्र प्राप्त गरे पश्चात उक्त कार्यक्रममा आवद्ध महिलाहरुलाई रोजगारी ज्ञारेन्टी गरि सम्झौता भएको हो । संस्थाले ९.९९ प्रतिशत व्याजदरमा इलेक्ट्रिक स्कुटर खरिदका लागि कर्जा प्रवाह गर्नेछ ।

पहिलो चरणमा १० जना महिला सदस्यहरुलाई यस कार्यक्रममा समावेश गर्ने र त्यसपछि प्रत्येक ३ महिनामा थप १० जनालाई कार्यक्रममा समावेश गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईन्द्र घिमिरेले जानकारी दिए ।

पहिला आउनेले पहिलो प्राथमिकता पाउने संस्थाले जनाएको छ ।

Advertisment

थप समाचार