Below Menu
Below Menu

सेञ्चुरी बहुउद्देश्यीय सहकारीको वार्षिक तेस्रो साधारण सभा सम्पन्न

सेञ्चुरी बहुउद्देश्यीय सहकारीको वार्षिक तेस्रो साधारण सभा सम्पन्न

काठमाडौं : गोंगबु-९, टोखा स्थित सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ई. योगेन्द्र कुमार श्रेष्ठको अध्यक्षता एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेको प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले विभिन्न आरोह अवरोह र चुनौतीपूर्ण परिस्थितीको बाबजुत पनि संस्थाले आर्थिक वर्ष २०८०/८१ मा उल्लेख्य प्रगती गर्न सफल भएको बताए । ‘आजको बचत भोलिको प्रतिफल’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सहकारीका स्थापित मूल्य, मान्यता तथा सिद्धान्त र कानूनलाई अनुसरण गर्दै संस्था सञ्चालन हुँदै आएको उनले बताए ।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा संस्थामा २ सय जना सेयर सदस्य आवद्ध छन् । यस अवधिमा संस्थाको सेयर पुँजी १ करोड २० लाख ३९ हजार रुपैयाँ पुगेको छ । ३ करोड ७ लाख ३१ हजार बचत रहेको संस्थाले ४ करोड ३ लाख ३९ हजार रुपैयाँ ऋण परिचालन गरेको छ । यस वर्ष संस्थाले ६५ लाख ७५ हजार सञ्चालन आम्दानी गरी ६० लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।

संस्थाले ५ लाख ५४ हजार रुपैयाँ मुनाफा गर्न सफल भएको छ । संस्थाको कुल संस्थागत पुँजी ३ लाख ६६ हजार रुपैयाँ पुगेको छ । संस्थाको कुल सम्पत्ति ४ करोड ४६ लाख २८ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ ।

साधारण सभामा मुक्तिनाथ विकास बैंकका डाईरेक्टर नारायणकुमार श्रेष्ठ, एशियन लाईफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक गोंगबु शाखा प्रमुख विष्णु गिरी, गणेश हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायतको आतिथ्यता थियो ।

Advertisment

थप समाचार