Below Menu
Below Menu

नेपाल विद्युत् प्राधिकरणमा रोजगारीको अवसर (विज्ञापन सहित)

नेपाल विद्युत् प्राधिकरणमा रोजगारीको अवसर (विज्ञापन सहित)

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा ९५३ जना कर्मचारी मागेको छ ।

Sponsored Advertisement

प्राधिकरणले एक सूचना जारी गर्दै पाँचौँ तहदेखि दसौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदका लागि कर्मचारी मागेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत प्राधिकरणले ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ भने आठौँ तह प्रशासनतर्फ सहायक निर्देशक दुई जना र एक जना सहायक प्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो ।

यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त माग गरेको छ। त्यस्तै विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजर लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।