काठमाडौं : गोंगबु स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष थदेवी पुनको अध्यक्षता एवं संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्षको वार्षिक प्रतिवेदन प्रबन्धक विष्णुप्रसाद पौडेलले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक चित्रबहादुर पुनले प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत प्रतिवेदन तथा एजेण्डा उपर छलफल गरी साधारण सभाले पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थामा १ हजार ७ सय ९३ जना सदस्य आवद्ध छन् । यस अवधिमा संस्थाको शेयर पुँजी ७ करोड ९२ लाख रहेको छ । संस्थाले ४३ करोड ३४ लाख बचत संकलन गरी ४२ करोड ५० लगानी गरेको छ ।
संस्थाले आ.व. २०८०/८१ को नाफाबाट शेयर लाभांश वितरणका लागि ३८ लाख १३ हजार तथा संरक्षित पुँजी फिर्ता कोषमा १९ लाख ६८ हजार छुट्याएको छ । यस वर्ष मात्रै संस्थाले जगेडा कोषमा २६ लाख २४ हजार रुपैयाँ राख्न सफल भएको छ ।
साधारण सभाको अवसरमा बचत तथा ऋणमा उत्कृष्ट योगदान दिने सदस्यहरु मिरु गुरुङ्ग, कर्णबहादुर घर्ति र लिलमाया छन्त्याललाई सम्मान गरिएको थियो । त्यस्तै एक लाख भन्दा बढिको शेयर खरिद गरेका नयाँ सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो ।
Advertisment