Below Menu
Below Menu

चित्राकुमारी थाम्सुहाङद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन 

चित्राकुमारी थाम्सुहाङद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन 

काठमाडौं : राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारी सञ्चालनमा व्यवहारिक ज्ञान’ नामक पुस्तक विमोचन भएको छ।

राष्ट्रिय सहकारी महासंघको ३२औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, महासंघका पूर्व अध्यक्षद्वय केशव बडाल र दीपकप्रकाश बाँस्कोटाले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक विमोचनका क्रममा पूर्व अध्यक्ष बडालले पुस्तक सहकारीकर्मीका लागि अत्यन्तै उपयोगी रहेको बताए।

महाप्रबन्धक सुब्बाले छोटो समयमै पुस्तक तयार गरिएको जानकारी गराउँदै सहकारी क्षेत्रमा आवश्यक थप सामग्री तयार पार्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘सहकारीमा सैद्धान्तिक विषयमा मात्र बहस हुने गरेको छ । व्यवहारिक पक्षमा बहसको अभाव भएकाले मैले यो पुस्तकमा व्यवहारिक पक्ष समेट्न प्रयास गरेकी छु’, महाप्रबन्धक सुब्बाले भनिन् ।

उनले भनिन्, ‘सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञान महत्वपूर्ण हुन्छ भन्ने मेरोजीवनको महत्वपूर्ण सिकाई हो । यसर्थ हरेक शिर्षकमा सक्दो व्यवहारिक पक्षलाई जोड दिएको छु ।’

पुस्तकको मूल्य चार सय रुपैयाँ तोकिएको छ ।

सुब्बाको यो दोस्रो पुस्तक हो । यसअघि ‘सहकारीमा २५ वर्षः भोगाइ र अनुभव’ शीर्षकको पुस्तक प्रकाशित गरेकी थिईन ।

Advertisment

थप समाचार