Below Menu
Below Menu

साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश पारित

साना किसान लघुवित्तको १४ प्रतिशत लाभांश पारित

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । 

संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । 

संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ.व. २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख पुगेको छ ।

यसैगरी आ.व. २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।

१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल यस संस्थामा दलित १२, जनजाति ३४ र अन्यको ५४ प्रतिशत सहभागिता छ । जसमध्ये महिला सहभागिता ८० प्रतिशत छ । 

Advertisment

थप समाचार