Below Menu
Below Menu

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं : नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग भएको छ ।

Sponsored Advertisement

इच्छुक व्यक्तिले १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौमा गोप्य खामबन्दी आवेदन दिनु पर्नेछ ।

अध्यक्षमा आवेदन दिनका लागि बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैकिंङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर वा व्यवस्थापकीय कार्य अनुभव हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यस्थापकीय काम गरेको अनुभव हुनुपर्ने छ ।