Below Menu
Below Menu

न्यू शिखरापुर सहकारीले सार्वजनिक गर्यो ऋण नतिर्ने सञ्चालकको नाम

न्यू शिखरापुर सहकारीले सार्वजनिक गर्यो ऋण नतिर्ने सञ्चालकको नाम

काठमाडौं : दक्षिणकाली न.पा.–७, फर्पिङ स्थित न्यू शिखरापुर बचत तथा ऋण सहकारी संस्थाले ऋण नतिर्ने सञ्चालकहरुको नाम सार्वजनिक गरेको छ। असार ३० गतेको मिति राखेर संस्थाले २९ गते (आइतबार) सूचना जारी गर्दै ऋण नतिर्ने सञ्चालक, पूर्व अध्यक्षहरुको नाम सार्वजनिक गरेको हो । नामसँगै साँवा र व्याज रकमसमेत सार्वजनिक गरिएको छ।

उक्त सञ्चालकहरुलाई ३५ दिन भित्र सावाँ, व्याज र हर्जना बुझाउन समेत संस्थाले आग्रह गरेको छ । सूचनाको बोधार्थमा दक्षिणकाली नगरपालिकाको कार्यालय सहकारी शाखा, ईलाका प्रशासन कार्यालय, फर्पिङ र ईलाका प्रहरी कार्यालयलाई समेत राखेको छ ।

संस्थाका अध्यक्ष प्रल्हाद बस्नेतले जारी गरेको सूचनामा भनिएको छ, ‘तपाई सञ्चालक समितिका पदाधिकारीहरुले लिएको कर्जाको सावाँ, व्याज, हर्जनासहित लामो समय भएको र व्याजसहित पनि तिर्नु बुझाउन नआउनु भएकोले यथाधिशघ्र आजको मितिले ३५ दिन भित्रमा साँवा व्याज बुझाई संस्थालाई निकासा दिन र पूर्ण रुपमा संस्था सञ्चालन गर्न सहयोग गर्नुहोला । अन्यथा संस्थाले आफ्ना माथिल्लो निकायमा उजुरी दिई आवश्यक कानुनी कारबाही अगाडि बढाउने छ ।’

संस्थाको ऋण नतिर्नेहरुमा उपाध्यक्ष माधव बस्नेत, सञ्चालक विदुर बस्नेत, सञ्चालक सिताराम महर्जन, लेखा समिति सदस्य देवेन्द्र स्थापित रहेका छन् । त्यस्तै पूर्व अध्यक्षहरु पुष्प गिरी, ईश्वर महर्जन रहेका छन् । त्यस्तै ऋण नतिर्नेमा पूर्व अध्यक्ष ईश्वर महर्जनका छोरा किशोर महर्जन समेत रहेका छन् । संस्थाले बाँकी सावाँ, ब्याजसहितको सूचि सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष बस्नेतका अनुसार सञ्चालकहरुले लगेको ऋण समयमै फिर्ता नर्गदा बचत फिर्तामा समेत समस्या भएको छ।

Advertisment