Below Menu
Below Menu

३०% भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी प्राधिकरणमा दर्ता हुनुपर्छ: अध्यक्ष शर्मा

३०% भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारी प्राधिकरणमा दर्ता हुनुपर्छ: अध्यक्ष शर्मा

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने जुनसुकै प्रकृतिका सहकारी प्राधिकरणमा दर्ता हुनुपर्ने बताएका छन् ।  

राष्ट्रिय सहकारी बैंकले २३औं स्थापना दिवसको अवसरमा आयोजित सहकारीमा नियामकीय मापदण्ड तथा सम्पत्ति सुद्धिकरण निवारण विषयक गोष्ठीमा बोल्दै अध्यक्ष शर्माले ऐनले मुख्य कारोबारका विषयमा स्पस्ट गरेको बताउँदै ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गरेका संस्थाहरु प्राधिकरणमा दर्ता हुनुपर्ने बताएका हुन् ।

मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणले दर्ता गरी उनीहरुको नियमन गर्ने जिम्मेवारी प्राधिकरणको रहेको उनले स्पष्ट पारे । तीनै तह (स्थानीय, प्रदेश र संघ) का सहकारीहरु प्राधिकरणमा दर्ता हुनुपर्ने समेत उनले बताए । दर्ताको लागि कार्यविधि निमार्णको क्रममा रहेको समेत उनले बताए ।

Advertisment

थप समाचार