Below Menu
Below Menu

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ अपेक्षा गरेभन्दा बढी सफल भएको दाबी

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ अपेक्षा गरेभन्दा बढी सफल भएको दाबी

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ एक लाख भन्दा धेरै दर्शकहरूले अवलोकन गरेका छन् ।

श्रावण २१ गते काठमाडौँको भृकुटिमण्डपमा पहिलो पटक शुरु भएको नाइमा एक्स्पोमा सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको थियो । जहाँ पहिलो दिन पन्ध्र हजार, दोस्रो दिन तेह्र हजार पाँच सय, तेस्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौँ दिन बाइसहजार र छैठौँ दिन सात हजार आठ सय दर्शकहरूले अवलोकन गरेको आयोजकले जनाएको छ ।

नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको दाबी गरिन् । एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरूको सामूहिक योगदानले एक्स्पो सफल भएको उनले बताइन।

‘एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईँहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोशदेख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ’, अध्यक्ष वैद्यले भनिन्र।

नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरू सञ्चालन गरी नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गरेको बताए । यी सत्रहरू सहभागीहरूका लागि निःशुल्क प्रवेश सहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरूको सहभागीतामा सञ्चालन गरिएको थियो ।

नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सरकार, सरोकारवालाहरू, र दातृ निकायहरू तथा उपभोक्ताहरूको सहभागितामा आयोजना गरिने कार्यकारी निर्देशक दुलालले बताए।

श्रावण २१ गतेदेखि २६ गतेसम्म भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए।

Advertisment

थप समाचार