काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कपिलवस्तु, रुपन्देही र नवलपरासीका सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया गरेको छ । भदौ २८ र २९ गते आयोजित कार्यक्रममा बचत तथा ऋण र साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
सहभागीहरूले प्राधिकरणले जारी गरेका मापदण्ड, निर्देशनसहित सहकारी क्षेत्रमा देखिएका समस्याहरू र आगामी दिनमा प्राधिकरणले खेल्ने भूमिकाका सम्बन्धमा विभिन्न जिज्ञासा राखेका थिए ।
प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जिज्ञासाहरूको जवाफ दिँदै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन र सुपरिवेक्षणका लागि प्राधिकरण नै जिम्मेवार र अन्तिम संस्था भएको स्पष्ट पारेका थिए ।
अध्यक्ष शर्माले खराब नियतले चलेका सहकारीलाई प्राधिकरणले कारबाही गर्ने बताए। उनले भने, ‘खराब मनसायबाट चलेका सहकारीहरूलाई जुनसुकै बेला पनि कानुनको कठघरामा पुर्याउन प्राधिकरण लागि परेको छ । सहकारीले प्राधिकरणको मापदण्ड र निर्देशक पालना गर्न आवश्यक छ ।’
.jpg)
Advertisment