सिवाईसी नेपाल लघुवित्तद्वारा बाढीपीडितका लागि ८ लाख ६१ हजार सहयोग

सिवाईसी नेपाल लघुवित्तद्वारा बाढीपीडितका लागि ८ लाख ६१ हजार सहयोग

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ८ लाख ६१ हजार ६९४ रुपैयाँ सहयोग गरेको छ।

संस्थाले आफ्नो तर्फबाट ५ लाख रुपैयाँ र संस्थामा कार्यरत कर्मचारीहरूको तर्फबाट ३ लाख ६१ हजार ६९४ रुपैयाँ गरी कुल ८ लाख ६१ हजार ६९४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

नेपाल सरकारको राहत तथा पुनःस्थापनासम्बन्धी आह्वानलाई आत्मसात् गर्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

सिवाईसी नेपाल लघुवित्तले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु संस्थाको सामाजिक दायित्व भएको जनाएको छ।