वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड
कर्णालीमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु, कार्यान्वयनयोग्य योजनामा जोड

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान समिति तथा विभिन्न उपसमिति गठन गरी तथ्याङ्क विश्लेषण र छलफल अघि बढाएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णा...

१९०२ मेगावाटको मुगु कर्णाली आयोजनाः ईआईए मस्यौदा सार्वजनिक, साढे चार खर्ब लागत अनुमान
१९०२ मेगावाटको मुगु कर्णाली आयोजनाः ईआईए मस्यौदा सार्वजनिक, साढे चार खर्ब लागत अनुमान

बाजुरा : मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना (१९०२ मे.वा) को वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को मस्यौदा प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । (ईआइए) मस्यौदा प्रतिवेदन सार्वजनिक समेत गरि...

‘सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित छ, कार्यान्वयनको गति चाहियो’
‘सरकारको ऊर्जा नीति सुधारले निजी क्षेत्र उत्साहित छ, कार्यान्वयनको गति चाहियो’

काठमाडौं : सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा ऊर्जा क्षेत्रको सुधार र समृद्धिका लागि समेटिएका विषयप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारको पछिल्लो नीतिगत प्रयासलाई स्वागतयोग्य बता...

तरलता व्यवस्थापन गर्न बैकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैकिङ प्रणालीबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत बैशाख ११ गते एक खर्ब २० अर्ब तानेको बैकले पुनः ४९...

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले गर्यो अधिवक्ताहरूसँग छलफल
‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले गर्यो अधिवक्ताहरूसँग छलफल

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ’संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले आज वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूसँग छलफल गरेको छ। संविधान कार्यान्वयनको एक दशक पुग्नै लाग्दा प्राप्त अनुभव, देखिएका चुनौती र जनचाहनालाई समेटेर एउ...

अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैन: इरानी सेना
अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैन: इरानी सेना

काठमाडौं : इरानी सेनाले अमेरिकासँग युद्धविरामको सम्झौता भए तापनि पश्चिम एसियामा द्वन्द्वको स्थिति अझै कायमै रहेको बताएको छ । इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी समेत गरेको छ । इरानी राज्य प्रसारकका अनुसार सेनाका प्रवक्ता अमि...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

काठमाडौं : एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन...

बैंकिङ प्रणालीमा एकैदिन थपियो १७ अर्ब निक्षेप, कर्जा लगानी कति ? 
बैंकिङ प्रणालीमा एकैदिन थपियो १७ अर्ब निक्षेप, कर्जा लगानी कति ? 

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ। तथ्यांकअनुसार सो दिन कुल निक्षेप बढेर ७८ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ७...

बालकुमारीमा सबस्टेशन निर्माणको बाटो खुल्यो, दुई अर्बको परियोजनाका लागि जग्गा सुनिश्चित
बालकुमारीमा सबस्टेशन निर्माणको बाटो खुल्यो, दुई अर्बको परियोजनाका लागि जग्गा सुनिश्चित

काठमाडौं : लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयुकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको ह...

हुलाक अब ‘गभर्मेन्ट कुरियर’: राहदानी र लाइसेन्स बोकेर घरदैलोमै पुग्दै हुलाकी
हुलाक अब ‘गभर्मेन्ट कुरियर’: राहदानी र लाइसेन्स बोकेर घरदैलोमै पुग्दै हुलाकी

काठमाडौं : सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ । हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ । त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र...

१२ वर्षपछि गाँठो फुस्कियोः हेटौंडा-ढल्केबर प्रसारण लाइनको अवरोध हट्यो
१२ वर्षपछि गाँठो फुस्कियोः हेटौंडा-ढल्केबर प्रसारण लाइनको अवरोध हट्यो

काठमाडौं : वर्षौंदेखि अवरुद्ध हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र)मा टावर राख्ने कार्य अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको हो । मन्त्री श्रेष्ठले यसै स...

ब्रसेल्समा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड
ब्रसेल्समा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स : ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ।  सोमबार ब्रसेल्सस्थित युरोप–एसियाली अध्ययन संस्थानमा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका प्रतिनिधि, अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ता तथा नेपाली डायस्प...

ढाकाटोपीमा सजिएका मोदीले भने- सिक्किम भारतको ‘अष्टलक्ष्मी’ हो
ढाकाटोपीमा सजिएका मोदीले भने- सिक्किम भारतको ‘अष्टलक्ष्मी’ हो

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई भाषिक र क्षेत्रीय रेखामा विभाजन गर्ने प्रयास भइरहेको बताएका छन् । गान्तोकको पाल्जोर स्टेडियममा सिक्किमको राज्य स्थापनाको ५० औं वर्षगाँठ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सिक्किमले ‘एक भारत, श्रेष्ठ भारत’ (एक भारत, म...

आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सले गर्यो ५० करोडको व्यापार, नाफा मार्जिन ५९ प्रतिशत
आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सले गर्यो ५० करोडको व्यापार, नाफा मार्जिन ५९ प्रतिशत

काठमाडौं : हालै सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको सोपान फर्मास्युटिकल्स लिमिटेडले एकै वर्षमा ५० करोड माथिको व्यापार गरेको छ ।  कम्पनीले सन् २०२५ मा ५० करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उक्त रकम अघिल्लो वर्षको तुलनामा २२९.६०० प्रतिशतले बढेको हो । सन् २०२४ मा...

कागजी झमेलाले थलिए गौरवका आयोजना, नीतिगत र कानुनी सुधारमा सचिव पन्थको जोड 
कागजी झमेलाले थलिए गौरवका आयोजना, नीतिगत र कानुनी सुधारमा सचिव पन्थको जोड 

काठमाडौं : राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको बताएका छन्। आज बसेको पूर्वाधार समिति बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाहरू विभिन्न अवरोधका कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए । उनले आयोजनाका लागि कानुनी तथा नीतिगत व्य...

नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँः मन्त्री शिशिर खनाल
नेपाललाई नै ‘ग्लोबल एजुकेसन हब’ बनाऔँः मन्त्री शिशिर खनाल

काठमाडौं : परराष्ट्र मन्त्री शिशिर खनालले विद्यार्थी विदेश पलायनलाई ‘ब्रेन ड्रेन’को नकारात्मक दृष्टिकोणबाट मात्र नहेरी यसलाई अवसर र सिकाइको माध्यमका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । विद्यार्थी बसाइँसराइ नीति, आकांक्षा र विश्वव्यापी गतिशीलता सम्बन्धी सेमिनारमा उनले पछिल्लो समय...

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 
दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने...

बढ्दो लागत र ऋणको दबाबमा ‘होटल बुद्ध स्टार’: लागत दुई अर्ब नाघ्यो, स्रोत जुटाउनै मुस्किल
बढ्दो लागत र ऋणको दबाबमा ‘होटल बुद्ध स्टार’: लागत दुई अर्ब नाघ्यो, स्रोत जुटाउनै मुस्किल

काठमाडौं : भैरहवामा निर्माणाधीन पाँचतारे होटल ‘होटल बुद्ध स्टार’ परियोजना वित्तीय दबाबमा परेको छ। परियोजनाको लागत निरन्तर बढ्दै जाँदा, स्रोत व्यवस्थापन र ऋण भुक्तानीमा समस्या देखिएको हो ।  पछिल्लो मूल्यांकनअनुसार परियोजनाको कुल लागत करिब २ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ...

नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने
नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब र २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।  लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्...

ग्लोबल आइएमई बैंकले कमायो चार अर्ब ४० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 
ग्लोबल आइएमई बैंकले कमायो चार अर्ब ४० करोड नाफा, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा चार अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २.९३ प्रतिशते कम हो । गत वर्ष बैंक चार अर्ब ५३ करोड ४०...

नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी 
नाफासँगै बढ्यो मुक्तिनाथ विकास बैंकको प्रतिशेयर आम्दानी 

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार बैंकले यस अवधिमा ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा...

१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन
१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन

काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण नगर्न उद्योगहरूलाई निर्देशन दिएको छ । विभागले जारी गरेको सूचनाअनुसार बैशाख १४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा...

गरिबी घटे पनि ग्रामीण-शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती
गरिबी घटे पनि ग्रामीण-शहरी क्षेत्रबीचको खाडल अझैं कायम, बेरोजगारी र लैङ्गिक असमानतामा चुनौती

काठमाडौं : नेपालमा गरिबीको दर क्रमशः घट्दै गए पनि ग्रामीण र शहरी क्षेत्रबीचको आर्थिक खाडल अझैं कायम रहेको देखिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको आर्थिक स्थिति पत्रले उल्लेख गरेअनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च रहेको पाइएको हो । नेपाल जीवनस्तर सर्वेक्षण २०...