काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यलाई यथावत राखेको छ । आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडपर्व नजिकिएका कारण यसपटक मूल्...
काठमाडौं : चालु आवको पहिलो महिनामै विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। गत आवको सोही अवधिसम्म भने रेमिट्यान्स १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६...
काठमाडौं : नव विश्वास बचत तथा ऋण सहकारी संस्थाले जेन जी प्रदर्शनका क्रममा क्षति पुगेको गोंगबु बसपार्कमा स्थित प्रहरी वृतको भौतिक संरचना पुनःस्थापनामा खटिने कर्मचारी तथा समाजसेवीलाई खाजा तथा पानीको व्यवस्था मिलाएको छ । संरचना पुनस्थापनामा खटिएका ४० जना प्रहरी र समाजसेवीलाई सोमबार संस्थाले खाज...
काठमाडौं : जेन-जी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानका...
विराटनगर : जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ । मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो । प्रहरीको प्रारम्भिक...
काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सुरु गरेको छ । आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो । उक्...
काठमाडौं : नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्...
काठमाडौं : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।
काठमाडौं : गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनका क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायको कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको जानकारी दिएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले मृतकहरुको परिवारलाई काजकिरिया वापत् प्रति...
काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हु्न् । पदभार ग्रहणका क्रममा अर्थमन्त्री खनालले स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताए । न...
काठमाडौं : महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन...
काठमाडौं : पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् । पूराना रा...
काठमाडौं : भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागहरुका सम्बन्धमा राजनीतिक दलमा आवद्ध बहुसंख्यक युवा नेताहरुले समर्थन जनाएका छन् । तर आन्दोलनको दोस्रो दिनको विध्वंश र त्यसपछिका घटनाक्रमहरुप्रति असन्तुष्ट व्यक्त गरेका छन्...
काठमाडौं : मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् । मोबाइलमाण्डुले यस मेलामा ट्...
बाजुरा : सदरमुकाम मार्तडीमा सुविधा सम्पन्न र गुणस्तरीय बसपार्क नहुँदा गाडी पार्किङमा समस्या हुँदै आएको छ । बसपार्क निर्माण नहुँदा सडकको छेउमै गाडी पार्किङ गर्नुपर्ने बाध्यता छ । सडकको जताततै गाडी पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने जथाभावी पार्किङले सदरमुकामको अवस्था पनि नराम्रो देखिने...
काठमाडौं : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदामा सुझाव दिएका छन् । सोमबार सामाजिक संजालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन् । सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भ...
काठमाडौं : नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । अन्तरिम सरकारको मन्त्रीमा नियुक्त भएसँगै पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा...
काठमाडौं : हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयब...
काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयबाट प्रदान गरिँदै आएका नियमित सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको छ । वडा कार्यालयले आज एक सूचना जारी गर्दै भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा कार्यालय भवनमा तोडफोड र आगजनी भएको जनाउँ...
काठमाडौं : यूनिभर्सल पावर कम्पनी लिमिटेडले असोज २३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको हो । उक्त सभा दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू ललितपुरमा बिहान १० बजे शुरु हु...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँम...
काठमाडौं : यमनको राजधानी सानाको ताह्रिर स्क्वायरस्थित दुई पत्रिकाको कार्यालयमा इजरायली हवाई आक्रमण हुँदा ३१ सञ्चारकर्मीको मृत्यु भएको छ । बुधबार बेलुकी भएको उक्त आक्रमणपछि स्थानीय समुदायमा शोक र आक्रोश फैलिएको छ । हौती समूहले एक वक्तव्य जारी गर्दै २६ सेप्टेम्बर र अल–यमन पत्रिकाको कार्य...
बाजुरा : दशैँ, तिहार र छठलाई लक्षित गरी बाजुरा लगायत सुदूरपश्चिमका विभिन्न स्थानमा आज (सोमबार)देखि सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रदेशका २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् । खाद्य...
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार साढे ११ बजे उनीहरूको शपथ ग्रहण गर्दैछन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश...