वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
श्रीनगर एग्रीटेकको आईपीओ भर्ने समय २ दिन थपियो
श्रीनगर एग्रीटेकको आईपीओ भर्ने समय २ दिन थपियो

काठमाडौं : श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । भदौ ११ देखि २५ गतेसम्म तय गरिएको अवधि देशमा उत्पन्न विषम अवस्थाका कारण प्रभावित भएपछि कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिने व्यवस्था गरेको हो ।...

सागर डिष्टिलरीको आईपीओ बिक्री खुला
सागर डिष्टिलरीको आईपीओ बिक्री खुला

काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीका ला...

भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैनः विजय प्रसाद मिश्र
भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैनः विजय प्रसाद मिश्र

काठमाडौं : नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष प्राडा विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असंभवजस्तै रहेको बताएका छन् । उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरण विना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे । ‘काम गर्नको लागि बस्न...

जेन-जी आन्दोलनको असर, दीर्घकालिन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपियो: नाडा
जेन-जी आन्दोलनको असर, दीर्घकालिन रुपमा लगानी र रोजगारीमा पनि चुनौती थपियो: नाडा

काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले देशको वर्तमान अवस्थाका सम्बन्धमा धारणा सार्वजनिक गरेको छ ।  नाडाले भदौं २३ गतेदेखि देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनले मुलुकमा गहिरो प्रभाव पारेको बताएको छ । जेन–जी आन्दोलनबाट प्रभावित सम्पूर्ण परिवारसँग नाडाले गहिरो...

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ: नेपाली कांग्रेस 
पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ: नेपाली कांग्रेस 

काठमाडौं : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा सार्वजनिक गर्दै एक प्रेस वक्तव्य जारी गरेको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा हस्ताक्षरित वक्तव्यमा प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, जनधनको क्षति, प्रमुख नेताहरूमाथिको आक्...

आन्दोलनको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न कार्यविधि बनाइने, फोकल पर्सन तोक्न निर्देशन
आन्दोलनको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न कार्यविधि बनाइने, फोकल पर्सन तोक्न निर्देशन

काठमाडौं : नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा निर्जीवन बीमा कम्पनीका प...

सिंहदरबारको गृह मन्त्रालय पूर्णरूपमा ध्वस्त: संरचना, सम्पत्ति र अभिलेख खरानी
सिंहदरबारको गृह मन्त्रालय पूर्णरूपमा ध्वस्त: संरचना, सम्पत्ति र अभिलेख खरानी

काठमाडौं : देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अहिले खरानी र भग्नावशेषले भरिएको छ । भदौ २३ गते जेनजी आन्दोलन चर्किएसँगै प्रदर्शनकारीले सिंहदरबारभित्र प्रवेश गरी गृह मन्त्रालयलगायतका कार्यालयमा आगजनी गरेपछि परिस्थिति पूर्णरूपमा बदलिएको छ । आइतबार गरिएको स्थलगत रिर्पोटिङमा प्रधानमन्त्री तथ...

सिबिफिनद्वारा जेन-जी आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त, लगानीको वातावरण बनाउन सरकारलाई आग्रह
सिबिफिनद्वारा जेन-जी आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त, लगानीको वातावरण बनाउन सरकारलाई आग्रह

काठमाडौं : बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) ले जेन–जी आन्दोलनमा देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।  सिबिफिनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर...

आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवामा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह
आन्दोलनको आगजनीले यातायात कार्यालय र सेवामा ठप्प, व्यवसायीलाई सहजता दिन ट्रक महासंघको आग्रह

काठमाडौं : हालै जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी भई ठूलो क्षति पुगेको छ। यस क्रममा ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट, जाँचपासलगायत कागजात पनि जलेर नष्ट भएको व्...

जेन–जी आन्दोलनको प्रभावः पर्साका पाँच चौकीमा तोडफोड र आगजनी
जेन–जी आन्दोलनको प्रभावः पर्साका पाँच चौकीमा तोडफोड र आगजनी

पर्सा : देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ । आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सा...

मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैनः सुमना श्रेष्ठ
मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैनः सुमना श्रेष्ठ

काठमाडौं : पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभच...

सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौंः खगेन्द्र सुनार
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौंः खगेन्द्र सुनार

काठमाडौं : दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।  आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार...

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ सोमबार बाँडफाँट हुने 
बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ सोमबार बाँडफाँट हुने 

काठमाडौं : बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ भोलि (सोमबार) बाँडफाँट हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओ भोलि दिउँसो ४ बजे बाँडफाँट गरिने भएको हो । कम्पनीले भदौं ११ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा २५ ल...

एसवाई प्यानल नेपालको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित
एसवाई प्यानल नेपालको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित

काठमाडौं : एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ गतेबाट निष्कासन गर्ने योजना स्थगित गरेको छ । कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ । पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने...

रास्वपा सांसद सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा
रास्वपा सांसद सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । उनले कहिलै गल्ति नस्वीकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्...

‘भारतको जिएसटी कटौतीले नेपालमा मूल्यवृद्धि घट्ने छ, उपभोक्ताको खरिद शक्ति बढ्न सक्छ’
‘भारतको जिएसटी कटौतीले नेपालमा मूल्यवृद्धि घट्ने छ, उपभोक्ताको खरिद शक्ति बढ्न सक्छ’

केहिदिन अघि मात्रै भारतले गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) मा व्यापक कटौती गरेको छ । त्यसले भारतीय वस्तु सस्तो भई नेपाली वस्तुको बजारलाई असर गर्न सक्ने आंकलन उद्योगी व्यवसायीहरुले गर्दै आएका छन् । यद्यपी, केहि अर्थविदहरुले भने यसले नेपालमा मुद्रास्फितिदर (इन्फलेसन) घटाउने र त्यसले केहि हदसम्म नेपा...

जेनजी आन्दोलनका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
जेनजी आन्दोलनका मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं : सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए ।  साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारक...

चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरण अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै लाइसेन्स छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अनिश्चितकालका लागि बन्द भएको जानकार...

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय 
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण, जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय 

काठमाडौं : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार अघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन् । जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्त...

स्थानीयका लागि वरदान बन्यो अजयखोलामा बनेको पुलः घण्टौ हिँड्नुपर्ने बाध्यता हट्यो 
स्थानीयका लागि वरदान बन्यो अजयखोलामा बनेको पुलः घण्टौ हिँड्नुपर्ने बाध्यता हट्यो 

बाजुरा : बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्वर ३ को अजयखोलामा बनेको बाजुराकै लामो र अग्लो झोलुङ्गे पुल यहाँका स्थानीयको लागि वरदान सावित बनेको छ । झोलुङ्गे पुल बनेपछि यहाँका स्थानीयको घण्टौ हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको हो । गाउँपालिकाको समन्वय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन...

नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै चीनले भन्यो- ‘नेपाली जनताले रोजेको विकास मार्गको सम्मान गर्छौँ’
नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै चीनले भन्यो- ‘नेपाली जनताले रोजेको विकास मार्गको सम्मान गर्छौँ’

काठमाडौं : छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ। शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले गरेको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् । उनले चीन-नेपालबीच परम्परागत मित्रता गहिरो...

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, चाँदीको भाउमा रेकर्ड ब्रेक 
ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, चाँदीको भाउमा रेकर्ड ब्रेक 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार १०० र...

दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु, कहाँ-कहाँ साट्न पाइन्छ? 
दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु, कहाँ-कहाँ साट्न पाइन्छ? 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैंकले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा र...

नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा
नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नागरिक उन्मुक्ति पार्टी छोडेको र अब नागरिक उन्मुक्ति नेपाल नामक नयाँ पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका हुन् । उनले...