वीरगञ्ज : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड...
लेखनाथ : बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज । भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी । आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृष्यसँगै वरपर हरियाली जङ्गल । त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन । हिमालको चिसो हावा...
हेटौंडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा दुई अर्ब रुपैयाँ बराबरका नयाँ योजना समावेश गर्ने पूरक प्रस्ताव प्रदेशसभामा पेस गरेको छ। शनिबार राति बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा आन्तरिक मामिला तथा कानुनमन्त्री सु...
काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूप...
म्याग्दी : राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर, रघुगङ्गा गाउँपालिका–३ राहुघाट, कालीगण्डकी करिडोरको सडक र मोटरेबल पुल संरक्षण गर्न तटबन्ध निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाले सडक, पुल र बस्त...
टीकापुर : करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी गाउँपालिका–४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारीले यस वर्ष सय हेक्टरमा धानको बीउखेती गरेको छ । सहकारीमा आबद्ध जानकी गाउँपालिकाका वडा नं ४ र ७ का करिब सय बढी किसानले धानको बीउखेती गरेका छन् । उत्पादनका दृष्टिकोणले उर्वर जमिन...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । असार १८ गते मात्र ६० अर्ब तानेको बैकले पुनः ४२ दिनका लागि...
काठमाडौँ : नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन...
काठमाडौं : बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । नेपालको आन्तरिक उड्डयन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको कम्पनीले सन् २०२५ को ६ महिनामै उक्त नाफा कमाएको हो । सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यसअघि सन्...
काठमाडौं : पिपुल्स पावर लिमिटेडले आज देखि ५० प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयरको बिक्री खुलाएको हो । कम्पनीले आm्नो ऋण भुक्तानीका...
काठमाडौं : विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि असार १८ गते देखि २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर निष्कासन गर्न वैशाख १५ गते न...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबैको माग अनुसार सहकारी नियमन प्राधिकरण बनेपनि प्राधिकरणले चाहेनुसार काम गर्न नसकेको बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रा...
काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक सुरेश थापाले राजिनामा दिएका छन् । थापा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेका थिए । २०८१ पुष १६ गते बसेको महासंघ सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुनेगरी ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नप...
काठमाडौं : आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइदैँ छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ । ‘सहकारीः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ यसवर्ष विश्व सहकारी दिवस मनाइदैँछ ।...
काठमाडौं : गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् । शुक्रबार काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजन...
काभ्रेपलाञ्चोक : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्च...
ओटावा : संयुक्त राज्य अमेरिकाले क्यानाडाबाट आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाको अमेरिका तर्फको निर्यात निरन्तर घटिरहेको छ । क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिका तर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो । यसअघि क्यानाडाको निर्या...
काठमाडौं : विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर (आईपीओ) मा साढे एक करोड बढी कित्ताका लागि आवेदन परेको छ । कम्पनीले असार १८ गतेदेखि निष्कासन गरेको आईपीओमा असार २० गतेसम्म१४ लाख ७८ हजार ८३९ जना आवेदकले १ करोड ८२ लाख २४ हजार ३ सय २० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक...
Kathmandu : Contribution-based social security system will replace pension and gratuity for civil servants appointed from the upcoming fiscal year 2082/83. The Ministry of Finance has issued a circular today to all ministries, regulatory bodies, public institutions, boards, committees and in...
कोलम्बो : संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १.५ प्रतिशतसम्म गिरावट आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिवेदनले देखाएको छ । संयुक्त राज्य...
काठमाडौं : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबा...
काठमाडौं : आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा निर्माण भइरहेका फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटकोे एउटा फोहोरपानी प्रशोधन केन्द केयुकेएल÷डब्लुडब्लु÷टीपी–०२ को निर्माण कार्य करिव सम्पन्न भई प्रारम्भिक परीक्षण श...
काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० भन्दा माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन् । अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० भन्दा ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक...