बेइजिङ : चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४।६ प्रतिशतले बढी हो। राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघि...
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा र प्रचलन निषेध गरिसकिएकाले त्यससँग जोडिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्ध रहेको बताएका छन् । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिका प्रत...
काठमाडौं : मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन जारी गर...
रौतहट : रौतहटमा बेमौषमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ । वर्षभरी बेच्नका लागि तयार भइरहेको इट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि ईंटा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् । हावाहुरी र असिना सहितको पानीले गर्दा...
काठमाडौं : राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा कार्यक्रमबारे तयार पारेको नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई पेश गरेको छ । आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन पेश गरेका हुन् ।...
काठमाडौं : बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो । चालु आर्थिक वर्षकाे चैत मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा ३२.०५ प्रतिशतले बढेको छ । बैंकह...
काठमाडौं : दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत रू ३० खर्ब २३...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसर...
काठमाडौं : साताकाे पहिलो कारोबार दिन आइतबार (आज) शेयर दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १६.२१ अंकले घटेर २७०७.५१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २८.९७ अंकले बढेर २७२५.२० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९२ कम्...
काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र दुई जना सांसदलाई सिंहदरबारभित्र बाट प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । बैशाख ३ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २१ ला...
मध्यविन्दु : यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख स...
काठमाडौं : पछिल्लो समय नेपालको वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक अनुसार आयात र निर्यात दुवै बढेको पाइएको हो । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात १२.१८ प्रतिशत र निर्यात ६५.१६ प्रतिशतले बढेको छ । नौं महिनामा नेपालले सवा ११ खर्ब...
काभ्रेपलाञ्चोक : असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरु गरेको छ । गृहमन्त्री रमेश ल...
काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६१ करोड ९५ लाख रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा बैं...
काभ्रेपलाञ्चोक : जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन्भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठगीविरुद्ध जाहेरी परेका तीन सहक...
मनाङ : मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई स...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य शुक्रबारकै मूल्यमा कारोबार भएको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज...
काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व...
काठमाडौं : चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको हो । चैत मसान्तसम्म बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ५६...
काठमाडौं : ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार यस अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बै...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको बताएका छन्। कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम...
काठमाडौं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ । आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो । आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते निवृत्त...
काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सहकारीको नियामक राष्ट्रिय सहकारी नियमन प्राधिकरण भएको विषयमा स्पष्ट हुन अभियानलाई आग्रह गरेका छन्। उनले सबै मिलेर प्राधिकरणलाई बलियो बाउनुपर्ने धारणा राखेका छन् । केन्द्रीय बैंक सहकारीको नियामक नभइ प्राधिकरणको सहयोग...