काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्ने भएका छन् । चाल आर्थिक वर्षको बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् । छलफलमा ती कम्प...
काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र प्रविधि पत्रकार मञ्च (टीजेएफ)बीच सूचना प्रविधि, डिजिटल रूपान्तरण, प्रविधि पत्रकारिता तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । आईतबार क्यान महासंघको कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिक...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेकाे हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ५०० रुपैयाँमा कारोब...
काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । कार्यालयका अनुसार ३६४...
काठमाडौं : स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ११ करोड १८ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलानमा २४१.५० प्रतिशतले धेरै हो । अघिल्लो वर्ष कम्पनीले तीन करोड २७ ल...
काठमाडौं : संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। आजको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै मन्त्रालयगत मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा य...
काठमाडौं : नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक।प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ सेवालाई अझै सहज, सुरक...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने जनाएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएल न...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाका सहमहामन्त्री असिम शाहले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम...
काठमाडौं : नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार एक्स्पो सुरु हुन अब दुई दिन बाँकी रहँदा अधिकांश तयारी अन्तिम चरणमा पुगेको हो । ...
काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टले व्यापक र समावेशी आर्थिक वृद्धि हासिल नगरेसम्म सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा गर्न चुनौती हुने बताएका छन्। आइतबार सुशासन संरक्षण मञ्चले आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन २०२६’लाई सम्बोधन गर्दै उ...
काठमाडौं : भन्सार एजेन्ट महासंघ नेपालले कानूनबमोजिमको भन्सार जाँचपास प्रणाली कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ। भन्सार विभागले हालै जारी गरेको परिपत्रको स्वागत गर्दै महासंघले नियुक्तिपत्र प्राप्त इजाजतप्राप्त भन्सार जाँचपास प्रतिनिधिमार्फत मात्रै जाँचपास प्रक्रिया सञ्चालन हुनुपर्नेमा...
काठमाडौं : दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो । बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका...
काठमाडौं : नेशनल मोटर्सले सन् २०२५ मा एक अर्ब १९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो हो । कम्पनीले सन् २०२४ मा एक अर्ब ९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा एक अर्ब ४६ करोड ६० लाख रुपैय...
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी वृद्धि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक ह...
काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६।०६...
काठमाडौं : मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीले सात करोड ८२ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलानमा ६७.५७ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन् । नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी तथा व्यवसायीले राज्यलाई करमार्फत योगद...
एजेन्सी : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकाले इरानका सर्तहरू पूर्ण रूपमा स्वीकार गरेपछि मात्र पुनः सञ्चालनमा आउने जनाएको छ । यद्यपि, इरान र ओमानले उक्त महत्वपूर्ण समुद्री मार्गका लागि नयाँ ढुवानी प्रोटोकलमा सहमति नजिक पुगेको बताएका छन् । अल जजिरा...
काठमाडौं : कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा कायम रहेको तीन लाख २० हजार ९४८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र बैं...
डडेल्धुरा : सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ...
काठमाडौं : उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न आग्रह गरेको छ। ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय रहेको सचिवालयले जनाएको छ। यसै क्रमम...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्य...