तनहुँ : मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति एमसिए नेपालमार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो ।...
काठमाडौं : नेपाली बजारमा आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । असोज९ गते बुधबार ७०० रुपैयाँले बढेर एक लाख ६० हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्यउ स्थि...
काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिकित्ता एक हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश हालसम्मकै उच्च हो । यसअघि कम्पनीले आव २०७९/८० मा १५८०...
काठमाडौं : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण निष्कासन तथा व्यवस्थापन कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस...
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले कम्पनीको १४ प्रतिथशत बोनस पछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कोषको ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबा...
काठमाडौं : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरकेो छ । कम्पनीको बुधबार बसेको सञ्चालक सकितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिततश लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लाििग ०.२६३...
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा एक खर्ब ९९ अर्ब रूपैयाँ पुगेको छ । यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कुल कर्जाको ३.८६ प्रतिशत हुन आउँछ। आर्थिक वर्ष २०८०/८१ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६५ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको...
गलकोट (बागलुङ) : नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिने भएको छ । सूचनाको अभाव तथा भरपर्दो पर्यटकीय पूर्वाधार तथा सडकसमेत नभएका बारे गुनासोका बीच यहाँ आउने पर्यटकलाई सही सूचना प्रदान गर्ने उद्देश्यले सूचना केन्द्र निर्माण गर्न लागिएको...
काठमाडौं : ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषण गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले उत्प्रेषणको आदेशमार्फत बदर गरिदिएको छ । न्यायाधीश ऋषीराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलाशले श्री लालीगुराँसलाई समस्याग्रस्त घोषणा गर्ने सरकारको...
काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ । निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडा...
काठमाडौं : उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प...
काफलडाँडा : काभ्रेको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल तीनधारे झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ पर्यटकको सहजताका लागि शौचालय, कपडा फेर्ने कोठा, माथि डाँडाबाट सुन्दर झरनाको दृश्यावलोकन गर्न विश्रामस्थल, रेलिङलगायत संरचना निर्माण गरेसँगै आन्तरि...
जुम्ला : साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसैँ तिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय जुम्लामा नूनको अभाव नहुने कार्यालका प्रमुख नगेन्दबहादुर थापाले जानकारी दिए । जिल्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको कार्यालयमा पर्याप्त मात्रमा न...
मलङ्गवा : समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् । भन्सार कार्यालयको पार...
काठमाडौं : सूचना प्रविधिको युग सुहाउँदो नेपालको बिजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा आयोजना गरेको ‘एआई र डाटा साइन्सस् एआई र डाटा विज्ञानस् डिजिटल युगमा सश...
काठमाडौं : गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहम...
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २२३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयर...
राँझा : बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् । गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यह...
काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ः०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्ने अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकि...
ढाका : बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ । सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मङ्गलबार घोषणा गरेका छन् । बङ्गलाद...
म्याग्दी : राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको रु तीन करोड भुक्तानी पाएको छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्वास्थ...
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् ।क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन्...
काठमाडौं : एसियाली डेभलपमेन्ट बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले यस्तै जनाएको हो । तथापी चालु आवमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । आव २...
चितवन : जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन आत्मनिर्भर रहेको छ । धान, मकै, गहुँ, कोदो, फापरलगायत खाद्यान्न बालीमा जिल्ला आत्मनिर्भर भएको हो । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार यहाँ ३७ हजार ११८ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यस्तै,...