वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सेयर बजारमा टिकेन उत्साह
सेयर बजारमा टिकेन उत्साह

काठमाडौं : सेयर बजारको उकालोे यात्रा एकदिन भन्दा टिकेन् । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार साताको दोस्रो दिन सोमबार १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.२० अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स...

‘हवाई टिकटको भाडा ५ प्रतिशतमात्रै बढ्छ’
‘हवाई टिकटको भाडा ५ प्रतिशतमात्रै बढ्छ’

काठमाडौं : आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले सोमबार संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीति : भ्रम र यथार्थ’ विष...

सेयर बजारमा ५३ अंकको सुधार
सेयर बजारमा ५३ अंकको सुधार

काठमाडौं : आइतबार सेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । सरकारसंग पुँजीगत लाभकर नै अन्तिम भएको सहमति पश्चात आज बजार ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.५९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स २....

आरएमडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत
आरएमडिसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यस लघुवित्तको ३२ लाख २६ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यो सेयर सेयरधनीको डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सकिने छ।

पूँजीगत लाभकरका बिषयमा पछि हट्यो सरकार
पूँजीगत लाभकरका बिषयमा पछि हट्यो सरकार

काठमाडाैं : पूँजीगत लाभकरका बिषयमा सरकार ब्याक भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा सहमति भएको हो । दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेपछि बजार खुलेकाे छ । सरकारले यस विषयमा सुचना जारी गरेको छ । सरकार र लगानीकर्ताबीच पूँजीगत लाभकरका बिषयमा सहमति भएको हो...

लगानीकर्ताले लगाए सबै ब्रोकर कार्यालयमा ताला
लगानीकर्ताले लगाए सबै ब्रोकर कार्यालयमा ताला

काठमाडौं : विगत चार दिनदेखि आन्दोलनरत सेयर लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। आगामी आर्थिक वर्षको आर्थिक विधेयक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्। हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा...

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

काठमाडौं : सर्वाधिक विश्वासनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लि...

वित्तीय कारोबार गर्ने संस्थालाई ३० प्रतिशतसम्म कर
वित्तीय कारोबार गर्ने संस्थालाई ३० प्रतिशतसम्म कर

काठमाडाैं : आन्तरिक राजस्व विभागले  वित्तीय काराेबार गर्ने संस्थाको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक-२०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/०८१ मा लागु हुने करको दर सार्वजनिक गरेको हो। सार्वजनिक दर अनुसार ५ देखि ३० प्रतिशतसम्म रहेकाे छ । सहकारीकाे हकमा ५ देखि...

दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड
दीगो पर्यटन र डिजिटाइजेशनमा विज्ञहरुको जोड

काठमाडौं : पर्यटकीय नगरी पोखरामा आयोजित एशिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेशनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट-२०२३’ दीगो पर्यटन तथा डिजिटाइजेशनमा जोड दिंदै सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा...

आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो
आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ। आफ्नो स्थापनाकाल देखिनै सेवाग्रहीहरुको व्यक्तिगत जान...

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह
नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस सम...

रु १४ मै आइफोन १४ जित्ने मौका
रु १४ मै आइफोन १४ जित्ने मौका

काठमाडौं :  ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को 'रु १४ मा आइफोन १४' देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो...

नबिल बैंकले एकै पटक खोल्यो ३८ नयाँ शाखा
नबिल बैंकले एकै पटक खोल्यो ३८ नयाँ शाखा

काठमाडौं : नबिल बैंकले एकैसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेका हो । नबिल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ न...

डिजिटल कारोबारमा नेपालकाे ऐतिहासिक फड्को, नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता
डिजिटल कारोबारमा नेपालकाे ऐतिहासिक फड्को, नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता

काठमाडौं : नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रसबोर्डर भुक्तानी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताम...

लघुवित्त खारेजीको माग राख्दै चरणवद्ध आन्दोलनको घोषणा
लघुवित्त खारेजीको माग राख्दै चरणवद्ध आन्दोलनको घोषणा

काठमाडाैं : लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले सरकारको नीति तथा कार्यक्रमले आफूहरुको माग सम्बोधन गर्दा पनि बजेटमा नसमेटिएको भन्दै आपत्ति जनाएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले चरणवद्ध आन्दोलनको घोषणासमेत गरेको छ । संघर्ष समितिले जेठ मसान्तसम्...

देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा
देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा

काठमाडौं : देशभरका सहकारी पिडितहरु संगठित भएका छन् । सहकारी संस्थाबाट बचतफिर्ता नपाएका सदस्यहरु संगठित भएर सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेका छन् । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी बचत फिर्ताको लागि नेपाल सरकारको ध्यार्कषण गराएका छन् । देशभरका सहकारी पिडितह...

दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई
दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणको जिम्मा भारतलाई

काठमाडौं : सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुने दोधारा-चाँदनी सुख्खा बन्दरगाहको निर्माणसमेत भारतलाई नै गर्न दिने सम्झौतामा हस्ताक्षर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज...

नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने नरेन्द्र मोदीको घोषणा
नेपालबाट १० वर्षमा १० हजार मेगावाट विजुली लैजाने नरेन्द्र मोदीको घोषणा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन्। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन...

सेयर बजारमा १६ अंकको सुधार
सेयर बजारमा १६ अंकको सुधार

काठमाडौं : सेयर बजारमा बिहीबर सुधार देखिएको छ । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार बिहीबार १६ अंकभन्दा बढीकाे सुधार देखिएकाे हाे । बिहीबार सेयर बजार परिसूचक ० दशमलव ८९ प्रतिशतले बढेको हो । समग्रमा बुधबार १६ दशमलव ५४ अंकले बढेको छ । यो सँगै बजार परिसूचक १८६६ दशमलव ६४ विन्दुमा पुगेको छ । ब...

प्रज्वल र निरजले जिते जिओ मोबाइलको बैंकक टूर
प्रज्वल र निरजले जिते जिओ मोबाइलको बैंकक टूर

काठमाडौं : न्यूरोड स्थित ताम्राकार कम्प्लेक्समा रहेको जिओ मोबाइल बिक्री केन्द्रले होलीको अवसरमा ल्याएको बैंकक भ्रमण (बैंकक टूर) भाग्यशाली बिजेता घोषणा गरेको छ । बुधबार एक कार्यक्रमको बीच मोबाइल खरिद गर्ने सेवाग्राहीहरू मध्ये ‘लक्की ड्र’ मार्फत दुई भाग्यशाली विजेताको नाम घोषणा ग...

रावा इनर्जीको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने
रावा इनर्जीको आइपीओ बिक्री खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं : रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लाग...

नेप्सेमा दोहोरो अंकले गिरावट
नेप्सेमा दोहोरो अंकले गिरावट

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरावट आएको छ । आज बजार ३८.८३ अंकले घटेर १८८८.६१ विन्दुमा पुगेको हो। नेप्सेका अनुसार आज २६२ कम्पनीको ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ३१ करोड ९१ लाख ६९ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएक...

पोलीसी ट्र्यापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन
पोलीसी ट्र्यापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन

काठमाडौं : विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ। पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै भएकाले अर्थतन्त्रमा समस्या बहुआयामिक देखिएको विज्ञहरूले बताएका छन्। नेपाल आ...

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग
पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग

काठमाडाैँ : सेयर लगानीकर्ताहरूकाे तीन संगठनले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बजेटप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका...