नेपालमा धितोपत्र कारोबारको इतिहास धेरै लामो छैन । नेपालमा वि.सं. १९९३ मा कम्पनी ऐन जारी भयो । त्यसपछि १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंङ्कले पहिलोपटक सर्वसाधारणलाई धितोपत्र निष्काशन गरे । १९९४ मा धितोपत्र निष्काशन भए पनि त्यतिबेला नेपालमा धितोपत्र कारोबारसम्बन्धी स्पष्ट कानुनी व्यवस्था भने थिएन...