Below Menu
Below Menu

कर्जा असुलीको सूचना जारी गर्दा ऋणीको फोटो राख्न नपाउने

काठमाडौं : अब बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीका लागि सार्वजनिक सूचना जारी गर्दा ऋणीको फोटो प्रकाशन गर्न नपाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले निर्धारित समयमा कर्जा नतिर्ने ऋणीको सम्पत्ति लिलाम गर्दा पत्रिकामा फोटोसहित तीन पुस्ते विवरण छाप्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीको फोटो प्रकाशन गर्न नपाउने व्यवस्था गरेको छ ।

इ.प्रा. निर्देशन नं. २/०७८ को बुँदा ४० मा संशोधन गर्दै कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न रोक लगाएको हो ।

राष्ट्र बैंकले एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण गर्ने समेत निर्देशन दिएको छ ।

Advertisment

थप समाचार