Below Menu
Below Menu

आइपिओ जारी गर्दै नेपाल पेमेन्ट, बिक्री प्रबन्धकममा एलएस क्यापिटल नियुक्त

आइपिओ जारी गर्दै नेपाल पेमेन्ट, बिक्री प्रबन्धकममा एलएस क्यापिटल नियुक्त

काठमाडौं : नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकममा लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल)  लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एलएस क्यापिटललाई नियुक्त गरेको हो ।

सम्झौता-पत्रमा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल पेमेन्ट सोल्युशन लिमिटेड नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।

Advertisment

थप समाचार