Below Menu
Below Menu

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन चरणमा प्रवेश

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन चरणमा प्रवेश

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन चरणमा प्रवेश गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन पास गरि कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालयसहितका मन्त्रालयमा पठाउने निर्णय गरेको छ।  

प्रतिवेदन पारित भएसँगै अब कार्यान्वयनको बाटो खुलेको छ । प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

Advertisment

थप समाचार