सेबोनमा अध्यक्ष नहुँदा रोकिएका काम तत्काल शुरू गर्न रानाभाटको माग

सेबोनमा अध्यक्ष नहुँदा रोकिएका काम तत्काल शुरू गर्न रानाभाटको माग

काठमाडौं : स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नहुँदा रोकिएका काम तत्काल शुरू गर्न माग गरेका छन् । बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३० औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो माग राखेका हुन् । 

Sponsored Advertisement

उनले भने, `सेबोनले लामो समयपछि अध्यक्ष पाएको छ । अध्यक्ष नहुँदा धेरै कामहरू रोकिएका छन् । अध्यक्षको अनुस्पथितीमा रोकिएका कामहरू द्रुत गतिमा अगाडि बढ्नु पर्छ भन्ने हाम्रो माग छ ।´

नेपालको धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने आवश्यकता रहेको उनले बताएका छन । उनले भने, 'विश्व अर्थतन्त्रलाई समेट्ने धितोपत्र बजार पनि हो। तसर्थ यसको विकास गरी अन्तर्राष्ट्रिय स्तरको पुर्याउन आवश्यक छ।' 

साथै उनले बोर्डको अध्यक्ष नियुक्त भएसंगै धितोपत्र सम्बन्धी दीर्घकालिन नियम कानुन संशोधन हुने अपेक्षा गरेको बताए। 

पुँजी बजारको विकासका लागि सधैं अग्रपङ्क्तिमा रहने उनले बताए। बजारमा देखिएको आर्थिक मन्दीको समयमा पनि समस्या नआएको बताउँदै उनले भने,' मन्दीका बेला पनि अर्बौको शेयर कारोबार हुँदा ब्रोकरले पैसा तिर्न सकेन भन्ने गुनासो आएन।'