डाइनामिक ब्रोकर डीजीहबको एयर ट्रेडमा जोडियो, आईतबारदेखि नयाँ टीएमएसबाट कारोबार

डाइनामिक ब्रोकर डीजीहबको एयर ट्रेडमा जोडियो, आईतबारदेखि नयाँ टीएमएसबाट कारोबार

काठमाडौं : डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ। अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको हो ।

Sponsored Advertisement

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ। डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आईबारदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल डाइनामिक ब्रोकरमा करिब ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ।