वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश दिने, असोज ९ गते बोलायो साधारणसभा 
सिद्धार्थ क्यापिटलले ३० प्रतिशत लाभांश दिने, असोज ९ गते बोलायो साधारणसभा 

काठमाडौं : सिद्धार्थ क्यापिटल लिमिटेडले लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । क्यापिटलको भदो १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुप...

ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रामक ढंगबाट काम गर्न आवश्यकः मन्त्री खड्का
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रामक ढंगबाट काम गर्न आवश्यकः मन्त्री खड्का

काठमाडौं : उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्र...

सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर 
सुनचाँदीको मूल्य ऐतिहासिक बिन्दुमा स्थिर 

काठमाडौं : नेपाली बजारमा बिहिबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला दुई हजार रुपैयाँले बढेर ऐतिहासिक बिन्दुमा पुगेको सुनको मूल्य आज स्थिर रहेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेक...

अफगानिस्तानको भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो
अफगानिस्तानको भुकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १४ सय पुग्यो

काठमाडौं : आइतवार पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर गएको शक्तिशाली भुकम्पमा ज्यान गुमाउनको सङ्ख्या १४ सय पुगेको छ । ६ रेक्टर स्केलको उक्त भुकम्पका कारण हाल सम्म ३ हजार ५०० भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् । यस भूकम्पले करिब ५ हजार ४०० घर ध्...

एनएमबि बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस होटलमा २० प्रतितशत छुट पाउने 
एनएमबि बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस होटलमा २० प्रतितशत छुट पाउने 

काठमाडौं : एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ ।  यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्, जस...

पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

काठमाडौं : कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।  यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो । ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । केही समयपछि...

९२२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
९२२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं : नौ सय २२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले प्रवद्र्धन गरेको उक्त आयोजनाबारे सभापति कुसुमदेवी थापाको अध्यक्षत...

प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै
प्रतिनिधिसभा बैठक बस्दै, सांसदको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज(बिहीबार) बस्दैछ । दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको स...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर 
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्...

बुङ्गल हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
बुङ्गल हाइड्रोपावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं : बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २०) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्...

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला
शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

काठमाडौं : शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले एक अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो । हकप्रदमा आवेदन दिने अन्तिम मिति...

सहकारीको साधारण सभामा कडाई : सदस्यलाई भत्ता दिन नपाइने, गैर सदस्यलाई प्रवेश ‘निषेध’
सहकारीको साधारण सभामा कडाई : सदस्यलाई भत्ता दिन नपाइने, गैर सदस्यलाई प्रवेश ‘निषेध’

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई लक्षित गर्दै साधारण सभा सञ्चालनसम्बन्धी निर्देशन जारी गरेको छ। सहकारी ऐन, २०७४ को दफा ३९ (२) र १०३(ज) अनुसार जारी गरिएको यो निर्देशनले साधारण सभालाई सदस्य-केन्द्रित र मितव्ययी बनाउन जोड दिएको छ। प्र...

ग्लोबल आइएमई सेक्युरिटिजको वार्षिक साधारण सभा सम्पन्न, उल्लेखनीय प्रगति गरेको दाबी
ग्लोबल आइएमई सेक्युरिटिजको वार्षिक साधारण सभा सम्पन्न, उल्लेखनीय प्रगति गरेको दाबी

काठमाडौं : ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतार–चढाव, नियामक निकायका मार्गनिर्देशनहरू र लगानीकर्ताहरू...

दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित
दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित

काठमाडौं : केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपालले दुग्ध उत्पादक कृषकहरुको बक्यौता भुक्तानी सम्बन्धी मागहरु सम्बोधन गर्न सहमति जुटेसँगै आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगन गरिएको घोषणा गरेको छ । आन्दोलन स्थगनसँगै संघले दुग्ध उत्पादक सहकारी संस्थाहरू, जिल्ला संघहरू, किसान तथा सरोकारवाला न...

प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान
प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेशका लागि प्रस्थान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सक्काएर स्वदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयो...

भण्डारीको पार्टी प्रवेशमा असहमति, दस्तावेजमाथि भने होइनः महासचिव पोखरेल
भण्डारीको पार्टी प्रवेशमा असहमति, दस्तावेजमाथि भने होइनः महासचिव पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यो असहमति दुई उ...

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन्ः उर्जामन्त्री 
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन्ः उर्जामन्त्री 

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको  बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो&rsquo...

विदेशी मुद्रा भुक्तानीमा कडाईः बीमा क्षेत्रमा पारदर्शिता ल्याउन प्राधिकरणद्वारा नयाँ निर्देशिका जारी 
विदेशी मुद्रा भुक्तानीमा कडाईः बीमा क्षेत्रमा पारदर्शिता ल्याउन प्राधिकरणद्वारा नयाँ निर्देशिका जारी 

काठमाडौं : नेपाल बीमा प्राधिकरणले बीमकले पुनर्बीमा, रेट्रोशेसन र विदेशबाट आयात गर्ने परामर्श सेवा वापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्नका लागि ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । प्राधिक...

अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैनः मन्त्री पौडेल
अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैनः मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न नसकेको स्वीकार गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित नेपालको राष्ट्रिय अटिजम निर्देशिका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ऐनमा समेटेर केही हदसम्म सम्बोधन गरेको विषयहरु पनि पूर्ण नभ...

उत्पादित सुपारी खेर जाँदै, बजार अभावको मुख्य कारण ‘सूचीकरणको कमी’
उत्पादित सुपारी खेर जाँदै, बजार अभावको मुख्य कारण ‘सूचीकरणको कमी’

काठमाडौं : संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ ।  बुधबार सिंहदरबारमा भएको उक्त छलफलमा बोल्दै समिति सदस्य शेखर कुमार सिंहले धेरै जिल्लाहरुमा सुपारी खेति प्रश...

रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम चार अर्ब ७२ करोडमा समेटियो 
रोकिएन शेयर बजारको पहिरो, कारोबार रकम चार अर्ब ७२ करोडमा समेटियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१३...

सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण
सुदूरपश्चिमको अपि हिमाल प्रवर्द्धनका लागि बेस क्याम्पमा प्रशिक्षण र पहिलो पटक हिमाल आरोहण

काठमाडौं : सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामा आरोहण हुने भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । हजारौं पर्यटक आरोहणको सम्भावना...

जनकपुरधाममा दशैंलक्षित सस्ता बजारको तयारी सुरु
जनकपुरधाममा दशैंलक्षित सस्ता बजारको तयारी सुरु

जनकपुर : जनकपुरधाममा प्रत्येक वर्षझै यस वर्ष पनि दशैँ बजार (सस्ता बजार) लाग्ने भएको छ । प्रत्येक वर्ष लाखौंको संख्यामा धनुषासहित आसपासका जिल्लाहरुबाट पनि उपभोक्ताहरु किनमेल गर्न आउने दशैँ बजार (सस्ता बजार)लाई व्यवस्थित अझः आकर्षक बनाउने उद्देश्यले बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघमा सरोकारवाल...

हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ: सांसद ढकाल
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ: सांसद ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने वि...