वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Size of new budget is Rs 1964.11 billion
Size of new budget is Rs 1964.11 billion

Kathmandu : The government has announced the new budget of Rs 1964.11 billion for the fiscal year 2082/83 BS. Unveiling the annual budget at the joint session of the Federal Parliament today, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel tabled the budget for the FY 2082/83...

प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन्: सांसद वाग्ले
प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिदैन्: सांसद वाग्ले

काठमाडौं : रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन् ।  बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता...

बलियो सरकारको कमजोर बजेट: सांसद पुन
बलियो सरकारको कमजोर बजेट: सांसद पुन

काठमाडौं : पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका छन् । बिहीबार सरकारले बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले अर्थतन्त्रलाई समग्र रुपले चलायमान बनाउने ढंगले भन्दा पनि नियमित ढंगले बजेट आएको बताए । ...

बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छः अध्यक्ष ढकाल
बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको बताएका छन् ।  बिहीबार संसद भवनमा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।...

बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट, इभी गाडीका सबै कर यथावत 
बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट, इभी गाडीका सबै कर यथावत 

काठमाडौं : सरकारले बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२&...

सरकारले युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने
सरकारले युवालाई २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

काठमाडौं :सरकारले युवालाई बिना धितो रु दुई लाखदेखि रु २० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यव...

साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने
साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइने भएको छ । सङ्घीय संसदको आजको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बन...

निर्माणाधीन आधारभूत अस्पताल बनाउन ११ अर्ब २४ करोड विनियोजन
निर्माणाधीन आधारभूत अस्पताल बनाउन ११ अर्ब २४ करोड विनियोजन

काठमाडौं : सरकारले निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्न रु ११ अर्ब २४ करोड विनियोजन गरेको छ ।   सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेट पेस गर्दै निर्माण सम्पन्न भएका अस्पतालला...

अबण्डा शीर्षकमा ७८ अर्ब ३५ करोड बजेट
अबण्डा शीर्षकमा ७८ अर्ब ३५ करोड बजेट

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थ विविध अर्थात् अबण्डा शीर्षकमा रू ७८ अर्ब ३५ करोड ४३ लाख बराबरको बजेट छुट्याएको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आज पेस भएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार कुल विनियोजित रकमको करिब चार प्रतिशत रकम अबण्डा राखिएको हो । आगामी आ...

प्रतिनिधिसभामा बजेट टेबुल
प्रतिनिधिसभामा बजेट टेबुल

काठमाडौं : प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट टेबुल गरेका हुन् ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौड...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?
बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

काठमाडौं :  सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्...

मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढ्यो 
मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दर बढ्यो 

काठमाडौं : सरकारले मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए ।  उनले विद्यमान अन्तःशुल्क दरमा सामान्...

आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योज...

सरकारी कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार पुर्याइयो 
सरकारी कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार पुर्याइयो 

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन् ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै उनले महँगी भत...

मन्त्रालयगत बजेट: खेलकुदमा दोब्बर बढ्यो, अन्य मन्त्रालयको कति ? 
मन्त्रालयगत बजेट: खेलकुदमा दोब्बर बढ्यो, अन्य मन्त्रालयको कति ? 

काठमाडौं :अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पौडेले प्रस्तुत गरेको बजेटमा कुल विनियोजनमध्ये चालुतर्फ ११  खर्ब ८० अर्ब  ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ चार खर्ब...

सरकारले थप ५ लाख नागरिकलाई लालपूर्जा वितरण गर्ने
सरकारले थप ५ लाख नागरिकलाई लालपूर्जा वितरण गर्ने

काठमाडौं : सरकारले जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता दिएको छ । बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने बताए । उनले ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने बताए । तामाकोशी–५ आयोजनाको निर्म...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठसहित)
आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठसहित)

काठमाडौं : सरकारले आगामी वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बढेको आकार बढाएको हो।  कुल विनियोजनमध...

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने, भैरहवा र पोखरा विमानस्थलमा विशेष सहुलियत
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने, भैरहवा र पोखरा विमानस्थलमा विशेष सहुलियत

काठमाडौं : सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक बिमानस्थलका रुपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा चार अर्ब १५ करोड विनियोजन गरिएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे बजेटमा बढ्दो यात्रु...

नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने
नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौं : सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणको माध...

स्वास्थ्य बिमा कार्यक्रमलाई १० अर्ब बजेट, बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने
स्वास्थ्य बिमा कार्यक्रमलाई १० अर्ब बजेट, बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

काठमाडौं : स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को र...

दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड
दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड

काठमाडौं : सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गरा...

कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने
कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गरिने

काठमाडौं : सरकारले कार्बन व्यापारका लागि नीतिगत स्पष्ट व्यवस्था गर्ने जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अन्तरराष्ट्रिय बजारमा कार्बन व्यापारका लागि आवश्यक व्यवस्था गर्ने उल्लेख गरे ।...

ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि ८६ अर्ब एक करोड विनियोजन 
ऊर्जा तथा जलस्रोत मन्त्रालयको लागि ८६ अर्ब एक करोड विनियोजन 

काठमाडौं : सरकारले ऊर्जा तथा जलस्रोत तथा सिँचाई मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८६ अर्ब एक करोड रकम विनियोजन गरेको छ ।  बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् ।  सरकारले तल्लो सेती आयोजना सर...

दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइनेः अर्थमन्त्री
दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइनेः अर्थमन्त्री

काठमाडौं : सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताए ।  यसैगरी कृषिमा आधुनिकीकरण गरी उत्पाद...