काठमाडौं : भृकुटीमण्डपमा जारी १८ औँ संस्करणको नाडा अटो शो माशनिबार अवलोकनकर्ताको भीड उल्लेख्य रूपमा बढेको छ। आयोजककाअनुसार शनिबार मात्रै करिब ३५ हजारले अटो शोको अवलोकन गरेका छन्। मंगलबारदेखि सुरु भएको अटो शोको पहिलो दिन नै करिब ३० हजारलेअवलोकन गरेका थिए। तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको बाढी...
काठमाडौं : आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गर्ने भएको छ। आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आ...
काठमाडौं : भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ । निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उप...
नुवाकोट : भाद्र १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका ११ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले बेत्रावती, देविघाट र त्रिशुली बजारका सहकारी संस्थाका कार्यालय भवन, फर्निचर, विद्युतीय उपकरण, नगद, कागजात तथा अन्य महत्वपूर्ण सामग्रीमा ठूलो क्षति पुर्याएक...
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। संस्थाले १२ लाख रुपैयाँ र संस्थाका कर्मचारीहरूले व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ योगदान गर्ने निर्णय...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प...
काठमाडौं : नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विनाशकारी बाढीपछि प्...
काठमाडौं : चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत तत्कालीन राहतदेखि अस्थायी आवास, स्थायी पुनर्निर्माण तथा दीर्घकाली...
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो । व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबा...
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रब...
काठमाडौं : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ। प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मच...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन...
काठमाडौं : काठमाडौं-टोखा-छहरे-गड्खार पुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चे सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ । सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जो...
काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैकहरुमा रहेको खातामा एक अर्ब ९१...
काठमाडौं : नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ । भदौ ११ गते हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ । साथै भदौ १२ गते सव...
काठमाडौं : भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीर रहेको जनाउँदै बुध्द एयरले आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ। बुध्द एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर ‘सर्च’ गर्न...
काठमाडौं : बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका लागि तत्काल २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मञ्चको आकस्मिक सचिवालय बैठकले विपद्मा परेका नागरिकलाई तत्काल राहत पुर्याउन आफ्नै कोषबाट २० ला...
काठमाडौं : रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका कर्मचारीहरुमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्। प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर ल्याएको हो। त्यस्तै, त...
काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए...
धनगढी : भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला हस्पिटलले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम राहत तथा पुनःस्थापनाका लागि सहय...
काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढ...
काठमाडौं : रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई ग...
काठमाडौं : कैलाश मानसरोवर यात्रा पूरा गरी फर्कने क्रममा तिब्बतको सागामा अलपत्र परेका भारत महाराष्ट्रका ३७ जना तीर्थयात्री सुरक्षित रूपमा काठमाडौंका लागि प्रस्थान गरेका छन्। तीर्थयात्रीहरूको समूह शुक्रबार बिहान ६ बजे न्यालम चेकपोस्ट हुँदै सागाबाट काठमाडौंका लागि प्रस्थान गरेको हो। ठा...
काठमाडौं : सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलबरपारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय ग...