वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
केराखेतीबाट वार्षिक  १४ लाख आम्दानी
केराखेतीबाट वार्षिक  १४ लाख आम्दानी

घोराही  : दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।  राप्ती गाउँपालिका–७ सिसहनिया निवास...

कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव आज
कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव आज

काठमाडौं : कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ । कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै...

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर
अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

काठमाडौं : असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर घटाएका छन् । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको छ । असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३१ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत ब्...

नबिल बैंकले घटायो ब्याजदर, आधार दर ७.४२ प्रतिशत
नबिल बैंकले घटायो ब्याजदर, आधार दर ७.४२ प्रतिशत

काठमाडौं : नबिल बैंकले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको  छ। बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौ महिनामा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रति...

एभरेष्ट बैंकले घटायो ब्याजदर, आधार दर ७.२९ प्रतिशत
एभरेष्ट बैंकले घटायो ब्याजदर, आधार दर ७.२९ प्रतिशत

काठमाडौं : एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ । भाद्...

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले मनायो ५४औं वार्षिकोत्सव
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले मनायो ५४औं वार्षिकोत्सव

काठमाडौं : नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले ५४औं वार्षिकोत्व मनाएको छ । काठमाडौं नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । कम्पनीका अध्यक्ष छपिराज पन्तको...

नेपाली वस्तुको निर्यात बढाउन ठोस नीति आवश्यक छ: मन्त्री भण्डारी
नेपाली वस्तुको निर्यात बढाउन ठोस नीति आवश्यक छ: मन्त्री भण्डारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यक रहेको बताएका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली वस्तुको तेस्रो मुलुकमा निर्यात अत्यन्तै न्यून र...

पेट्रोल ४ र डिजेल/मट्टीतेलको मूल्य  प्रतिलिटर ५ रूपैयाँले घट्यो
पेट्रोल ४ र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले घट्यो

काठमाडौं :  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार मध्यरातदेखि लागू हुने गरि पेट्रोलको मूल्य ४ र डिजेल/मट्टीतेलको भाउ प्रतिलिटर ५ रूपैयाँले घटेको हो । नयाँ मूल्यसूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रूपैयाँ र डिजेल/मट्टीतेलको १४९...

उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिन घरजग्गा व्यवसायीलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल जग्गा तथा आवास विकास महासङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बन...

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं : अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुव...

सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड
सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैनः अध्यक्ष प्रचण्ड

सुरुङ्गा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारम...

वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको आग्रह 
वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको आग्रह 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ ।  आइतबार एक सूचना जारी गर्दै नेप्सेले सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१÷८२ को धितोपत्रको वार्ष...

‘प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको छ’
‘प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको छ’

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनसँगै प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको बताएका छन् । सुदूरपश्चिम सरोकार मञ्चकोतर्फबाट प्रतिनिधिसभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनीतिक दलले आज बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्...

मितेरी सहकारीबाट साढे १२ करोड ठगी, सिआइबीले थाल्यो अनुसन्धान 
मितेरी सहकारीबाट साढे १२ करोड ठगी, सिआइबीले थाल्यो अनुसन्धान 

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र...

एक वर्षमा स्वास्थ्य बीमा वापतको सवा १३ अर्ब रकम भुक्तानी ? 
एक वर्षमा स्वास्थ्य बीमा वापतको सवा १३ अर्ब रकम भुक्तानी ? 

काठमाडौं : स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा बापतको साढे ५५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम शुरु भएदेखि हालसम्म बीमा वापतको ५५ अर्ब ५३ करोड ३७ लाख ७९ हजार १६ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो । गत वर्षमा मात्रै बोर्डले सवा १३ अर्ब रुप...

तनहुँमा पुल तथा सडकका लागि एक अर्ब ३८ करोड बजेट
तनहुँमा पुल तथा सडकका लागि एक अर्ब ३८ करोड बजेट

दमौली : गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा पुल तथा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो ।  कार्यालय प्रमुख...

‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’
‘हवाईसम्बन्धी विधेयक छिट्टै ल्याउनुपर्नेमा जोड’

काठमाडौं :राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हवाई व्यवस्थापन गर्न बन्न लागेका ‘नेपाल हवाई सेवा प्राधिकरण, २०७६’ र ‘नेपाल नागरिक उड्डयन विधेयक, २०७६’ यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिएकी छिन् । आजको बैठकको शून्य समयमा सांसद दाहालले राष्ट्रियसभाले २०७८ सा...

उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार 
उच्च अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७८.१७ अंकले बढेर २६८८.३८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २५ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७&nb...

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । पहिरो निरन...

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत चौधरीको भेट

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नेपाल र बङ्गलादेशबीचका ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको मन्त्री खड्कको सचिवालयले जनाएको छ । भेटमा ऊ...

बालबालिकाको अवैध ओसारपसार कायमै
बालबालिकाको अवैध ओसारपसार कायमै

काठमाडौ :  गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारहरु गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । ६० औँ बाल दिवसको अवसरमा आधार विकास नेपाल र हिमाली नवीन समाजद्वार...

प्रहरीका दुवै सङ्गठनलाई ऊर्जाशिल र थप व्यावसायिक बनाउन प्रयत्नशिल छौंः गृहमन्त्री लेखक
प्रहरीका दुवै सङ्गठनलाई ऊर्जाशिल र थप व्यावसायिक बनाउन प्रयत्नशिल छौंः गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि।स। १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्र...

सोमबार नौ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने 
सोमबार नौ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत नौ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ९ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले ४ अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने पाँच अर्ब रुपैया...

श्रम बजार चिसिँदै गएपछि ब्याजदर कटौती गर्दै अमेरिकी फेडरल रिजर्भ
श्रम बजार चिसिँदै गएपछि ब्याजदर कटौती गर्दै अमेरिकी फेडरल रिजर्भ

वासिङ्टन : अमेरिकी फेडरल रिजर्भले बुधबार चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौतीको घोषणा गर्ने तयारी गरेको छ । नीति निर्माताहरूले अमेरिकी राष्ट्रपतिको निर्बाचनभन्दा दुई महिनाभन्दा कम समयअघि ब्याजदरमा कति कटौती गर्न सकिन्छ यसबारे यो साता बहस गर्ने अपेक्षा गरिएको छ। फेडका अध्यक्ष...