वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
महानगरले उठायो दश महिनामा साढे सात अर्ब राजस्व, आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि 
महानगरले उठायो दश महिनामा साढे सात अर्ब राजस्व, आन्तरिक राजस्वमा उल्लेख्य वृद्धि 

काठमाडौं : काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दशमहिनामा साढे सात अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले बैशाख मसान्तसम्म सात अर्ब ८१ करोड ४५ लाख ५० हजार ३४० रुपैयाँ राजस्व संकलन गरेको हो ।  उक्त रकम आन्तरिक राजस्व, बाँडफाँड प्राप्त राजस्व र आन्तरिक अनुदानबाट भएको आम्दानी ह...

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला एक लाख ४० हजार पुग्यो 
सुनको मूल्य ऐतिहासिक बिन्दुमा, प्रतितोला एक लाख ४० हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत बैंशाख ७ गते शुक्रबार एकैदिन तोलामा १७ सयले बढेर एक लाख ३९ हजार पुगेको सुनको मूल्ले रेकर्ड तोडेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट उठ्यो ४० अर्ब ८३ लाख राजस्व 
वीरगञ्ज सुक्खा बन्दरगाहबाट उठ्यो ४० अर्ब ८३ लाख राजस्व 

वीरगञ्ज : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।  सुक्खा बन्दरगाह भन...

आईपीओ र हकप्रद जारी गर्ने प्रस्तावसहित ठमेल प्लाजा होटलले डाक्यो साधारणसभा 
आईपीओ र हकप्रद जारी गर्ने प्रस्तावसहित ठमेल प्लाजा होटलले डाक्यो साधारणसभा 

काठमाडौं : ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जाी गर्ने प्रस्तावसहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।  यसका साथै सभामा हाल कायम शेयर...

नेप्सेमा थपियाे साढे नौं लाख कित्ता शेयर
नेप्सेमा थपियाे साढे नौं लाख कित्ता शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे नौं लाख कित्ता शेयर थपिएको छ । बुधबार नेप्सेले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद शेयर सूचीकृत गरेको हो । कम्पनीले शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी

काठमाडौं : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बिहिबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।  द्विपक्षीय ऋण सम्झौतामा नबि...

सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण
सत्याग्रहीहरुको माग सम्बोधन गर्न ट्रक यातायात व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राखी काठमाडौंमा अनशनरत सामुहिक सत्याग्रहरुहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिगत १० दिनदेखि काठमाडौंस्थित कलंकी चोकमा राष्ट्रिय संयुक्त संघर्ष समितिको ब्यानरमा आमरण अ...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजननका लागि आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्रा...

ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन इप्पानको माग 
ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन इप्पानको माग 

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ । बुधवार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा...

दश महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
दश महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी : पदयात्राका लागि प्रसिद्ध  अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा  एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।  उक्त अवधिमा दक्षिण...

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन
दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

झापा : आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा रु एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर बापत, रु ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्कबा...

प्रतिलिटर ७ रुपैयाँले घट्यो पेट्रोल
प्रतिलिटर ७ रुपैयाँले घट्यो पेट्रोल

काठमाडौं : पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्त...

सरकारको नीति तथा कार्यक्रम सहकारीमैत्री छ, तत्काल कार्यान्वयन आवश्यक:  अध्यक्ष ढकाल
सरकारको नीति तथा कार्यक्रम सहकारीमैत्री छ, तत्काल कार्यान्वयन आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं : नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको नीति तथा कार्यक्रममा सहकारी क्षेत्रका केही महत्वपूर्ण विषयहरु समावेश भएको भन्दै तिनको तत्काल कार्यान्यवन सँगै अन्य केही संगीन विषयहरुमा पनि सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।  अध्यक्ष ढकालले सरकारको नीति तथा कार्यक...

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब
सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत एक सय ११ खर्ब

काठमाडौं : सोह्रौँ योजना कार्यान्वयनका लागि करिब रु एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।  राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार सोह्रौ योजना कार्यान्वयन गर्न करिब एक सय ११ खर्ब लागत अनुमान गरिएको छ ।  आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले मङ्गलबार मन्त्रिपरिषद्को बैठकल...

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक
एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक

काठमाडौं : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एनसेलका प्रमुख...

बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम राखेका छैनौ: अर्थमन्त्री 
बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम राखेका छैनौ: अर्थमन्त्री 

काठमाडौं :  अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा  बजेटले समर्थन गर्न नसक्ने कार्यक्रम नराखेको बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजे अन्तर्किया कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । 'सरकारको मनोबल उच्च छ। न...

सरकारले रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बालुवा पानी खन्याउनु हो: शेखर गोल्छा 
सरकारले रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बालुवा पानी खन्याउनु हो: शेखर गोल्छा 

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष शेखर गोल्छाले रूग्ण उद्योग सञ्चालन गर्न सरकारले खर्च गर्न आवश्यक नरहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजे अन्तर्किया कार्यक्रममा बोल्दै उनले  रूग्ण उद्योग सञ्चालनमा खर्च गर्नु बाल...

बजेटको आकार नबढाउन महासंघको सुझाव 
बजेटको आकार नबढाउन महासंघको सुझाव 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेट आकार नबढाउन सुझाव दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आगामी आर्थिक वर्षको पुर्व बजेट अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आन्तरिक मागको संक...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज : मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदे...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन् । नेपाल–युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेप...

महानगरका पार्क र ट्राफिक आइल्याण्डको व्यवस्थापनका लागि ११० जना जनशक्ति परिचालन
महानगरका पार्क र ट्राफिक आइल्याण्डको व्यवस्थापनका लागि ११० जना जनशक्ति परिचालन

काठमाडौं : काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ ।  उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसा...

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छः अध्यक्ष ढकाल
नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीपछि प्रतिक्रिया दिँदै उनले न...

पोखराको प्राइम सहकारीबाट एक अर्ब ५४ करोड ठगी, अध्यक्षसहित आठ पक्राउ
पोखराको प्राइम सहकारीबाट एक अर्ब ५४ करोड ठगी, अध्यक्षसहित आठ पक्राउ

कास्की : पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्त...

सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्य फेरी बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजावी सुनको...