वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ निष्कासन गर्न लागेको हो। यसअघि...

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक
तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम सम...

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार नेपाल सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् ।  बैंकले १० वर्षे अवधिको ६.२५ प्रतिशत ब्याजदरको ‘६।२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३&rsqu...

जयविर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, ७ दिनभित्र उपस्थित हुन आदेश
जयविर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, ७ दिनभित्र उपस्थित हुन आदेश

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक (ललितपुर) ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन सूचना जारी गरेको छ। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही विषयमा सोधपुछ गर्नुपर्न...

साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्छ : उपाध्यक्ष भट्ट
साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्छ : उपाध्यक्ष भट्ट

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले नेपालको गरि...

किसानको उत्पादन बजारसँग जोड्न सरकारलाई अध्यक्ष पाठकको आग्रह
किसानको उत्पादन बजारसँग जोड्न सरकारलाई अध्यक्ष पाठकको आग्रह

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक कार्यक्रम र अभियानमा साना किसान अभियान सधैं सहयात्री बनेर अघि बढेको बताएका छन्। सोमबार आयोजित संस्थाको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाठकले आगामी दि...

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत
नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंको राजीनामा स्वीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुुन् ।  सीईओ चापागाईंले बुझाएको राजीनामा पत्रमा व्यक्तिगत कारणले पदबाट रा...

नाइमा नेपाल मोबिलिटी एक्पो २०२६ मा ५१ स्टलः ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने
नाइमा नेपाल मोबिलिटी एक्पो २०२६ मा ५१ स्टलः ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले ‘नाइमा नेपाल मोबिलिटी एक्पो २०२६’ सम्बन्धी मुख्य विवरण सार्वजनिक गरेको छ।  नाइमाले पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीहरू, प्रायोजक तथा साझेदारहरू, प्रदर्शकहरू, नाइमा बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू...

बजार भाउ तत्काल घटाउन उद्योग मन्त्रीको निर्देशन, निजी क्षेत्र सहमत
बजार भाउ तत्काल घटाउन उद्योग मन्त्रीको निर्देशन, निजी क्षेत्र सहमत

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न छाता संगठनका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार भाउ घटाउन कडा निर्देशन दिएकी छिन् ।  सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष बैठकमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि...

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद अस्पताल तथा अस्पतालअन्तर्गत सञ्चालित वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड दिएकी छिन् ।  निरीक्षणका क्रम...

सुस्ताएको घरजग्गामा रौनकः १८३ अर्बको कारोबार, राजस्वमा २३ प्रतिशतको वृद्धि
सुस्ताएको घरजग्गामा रौनकः १८३ अर्बको कारोबार, राजस्वमा २३ प्रतिशतको वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबारको संख्या ६.४२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति मा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म राष्ट्रियस्तर घरजग्गाको कुल कारोबारको संख्या अघि...

ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ पिडितले पाए रकम
ऋण असुलीबाट शिव शिखर सहकारीका थप २४८ पिडितले पाए रकम

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका २४८ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म  शिव शिखर सहकारीका १११७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।  पहिलो चरणमा थोरै बचत रकम भएका ब...

एडीबी अध्यक्षसँग अर्थमन्त्रीको आग्रहः ‘नेपालको विकासका लागि निरन्तर सहयोगको अपेक्षा छ’
एडीबी अध्यक्षसँग अर्थमन्त्रीको आग्रहः ‘नेपालको विकासका लागि निरन्तर सहयोगको अपेक्षा छ’

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ।  सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंक...

फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी 
फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोजी 

काठमाडौं : नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले  दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरुसँग समस्याको पहिचान र समाधानका उपायबारे छलफल गरेका छन् । ...

नाडेप लघुवित्तको ११औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन 
नाडेप लघुवित्तको ११औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन 

काठमाडौं : नाडेप लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा सम्पन्न भएको हो ।  साधारणसभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहा...

नेप्से परिसूचकमा उच्च अंकको पहिरो, कारोबार रकम साढे तीन अर्बमा समेटियो 
नेप्से परिसूचकमा उच्च अंकको पहिरो, कारोबार रकम साढे तीन अर्बमा समेटियो 

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ८.३० अंकले घटेर २६५३.४० बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३९ कम्पनी...

पाल्हीनन्दनका अध्यक्ष गुप्ताविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा, परिवारका सदस्य पनि तानिए
पाल्हीनन्दनका अध्यक्ष गुप्ताविरुद्ध साढे तीन करोडको भ्रष्टाचार मुद्दा, परिवारका सदस्य पनि तानिए

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार गुप्ताले सार्वजनिक पदमा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा धेरै सम्पत्...

कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा
कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका कम्पनीले जनाएको छ । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन...

अब अन्तःशुल्क टिकट र नागरिकता स्वदेशमै छापिने, सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर बनाइँदै
अब अन्तःशुल्क टिकट र नागरिकता स्वदेशमै छापिने, सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर बनाइँदै

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् ।   राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सुर...

सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे विशेष अन्तर्क्रिया
सीएनआई युवा उद्यमी मञ्चद्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे विशेष अन्तर्क्रिया

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले ‘सीइओ फोरमः इन्जिनभन्दा पर, नेपालको अटोमोबाइल उद्योगको कथा’ विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे...

पिपुल्स हाइड्रोपावरले न्यादी फिदी जलविद्युत र जनता एग्रोको शेयर किन्दै, साढे सात करोड लगानी गर्ने 
पिपुल्स हाइड्रोपावरले न्यादी फिदी जलविद्युत र जनता एग्रोको शेयर किन्दै, साढे सात करोड लगानी गर्ने 

काठमाडौं : पिपुल्स हाइड्रोपावर लिमिटेडले विभिन्न कम्पनीहरुमा साढे सात करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  कम्पनीले आफ्नो बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट न्यादी फिदी जलविद्युत आयोजना र जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमा लगानी गर्ने भएको हो ।  कम्पनीको असार १९ ग...

आशीर्वाद दाल मिल्सको व्यापार ७ प्रतिशतले घट्यो, साढे ८५ करोडको कारोबार
आशीर्वाद दाल मिल्सको व्यापार ७ प्रतिशतले घट्यो, साढे ८५ करोडको कारोबार

काठमाडौं : ‘जगत’ ब्राण्डको दाल प्रशोधन तथा बिक्री गर्दै आएको आशीर्वाद दाल मिल्स प्रालिले सन् २०२५ मा ८५ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले कम हो । कम्पनीले सन् २०२४ मा ९१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअघि...

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन स्वास्थ्य र गृहमन्त्रीको संयुक्त निरीक्षण, एक हप्ताको डेडलाइन
कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन स्वास्थ्य र गृहमन्त्रीको संयुक्त निरीक्षण, एक हप्ताको डेडलाइन

विराटनगर : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन आइतबार साँझ गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् ।  शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल प...