वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ? 
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कार...

एशियन ब्याट्रीजले ५३ करोडमा नयाँ प्लान्ट बनाउँदै, ११ महिनामा साढे ६५ करोडको व्यापार
एशियन ब्याट्रीजले ५३ करोडमा नयाँ प्लान्ट बनाउँदै, ११ महिनामा साढे ६५ करोडको व्यापार

काठमाडौं : नेपालमा अटोमोटिभ, विद्युतीय सवारी (ईभी) तथा ट्युबुलर ब्याट्री उत्पादन गर्दै आएको एशियन ब्याट्रीज लिमिटेडको व्यापार बढ्दै गएको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ६५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । उत्पादन क्षमता बढेपछि बजारमा मागअनुसार बिक्री बढ्दै गएको कम्पनीले जना...

राष्ट्र बैंकले आज ऋणपत्रमार्फत २० अर्ब तरलता उठाउँदै
राष्ट्र बैंकले आज ऋणपत्रमार्फत २० अर्ब तरलता उठाउँदै

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बुधबार) २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ निष्कासन गर्न लागेको हो। यसअघि...

समयमै लाइसेन्स नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको इजाजत स्वत: खारेज
समयमै लाइसेन्स नवीकरण नगर्ने ४४ निर्माण व्यवसायीको इजाजत स्वत: खारेज

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको लाइसेन्स स्वतः खारेज भएको जनाएको छ। मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ मा भएको व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/८३ का ला...

बालाजु औद्योगिक क्षेत्रको अनुगमन: पूर्वाधार सुधार र नीतिगत व्यवस्थापनमा सांसद अन्सारीको जोड
बालाजु औद्योगिक क्षेत्रको अनुगमन: पूर्वाधार सुधार र नीतिगत व्यवस्थापनमा सांसद अन्सारीको जोड

बालाजु औद्योगिक क्षेत्रको अनुगमन: पूर्वाधार सुधार र नीतिगत व्यवस्थापनमा सांसद अन्सारीको जोड काठमाडौं : उद्योग व्यवस्थापन समितिद्वारा काठमाडौँको बालाजु औद्योगिक क्षेत्रको अनुगमन गरिएको छ। अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रहबर अन्सारीले समितिले पहिलो चरणमा बालाजु औद्योगिक क्षेत्...

भन्सार र राजस्वका डीजीलाई अर्थमन्त्रीको निर्देशन-मिसन १६ खर्ब राजस्व संकलनका लागि लाग्नुस्
भन्सार र राजस्वका डीजीलाई अर्थमन्त्रीको निर्देशन-मिसन १६ खर्ब राजस्व संकलनका लागि लाग्नुस्

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमला...

भायानेट कम्युनिकेसनले गर्यो दुई अर्ब ४० करोडको व्यापार, रोयल्टी र आरटीडीएफले नाफामा दबाब
भायानेट कम्युनिकेसनले गर्यो दुई अर्ब ४० करोडको व्यापार, रोयल्टी र आरटीडीएफले नाफामा दबाब

काठमाडौं : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले सन् २०२५ मा २ अर्ब ४० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ४.२४ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२४ मा २ अर्ब २३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यसअघि कम...

माइलेज र इन्जिनमा असर परेपछि पेट्रोलमा २५ प्रतिशत इथानोल मिसाउने भारतको योजना स्थगित
माइलेज र इन्जिनमा असर परेपछि पेट्रोलमा २५ प्रतिशत इथानोल मिसाउने भारतको योजना स्थगित

नयाँ दिल्ली : पेट्रोलमा इथानोलको मात्रा २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याउने भारत सरकारको योजना तत्काल कार्यान्वयन नहुने देखिएको छ। देशभर ई-२० (८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल) इन्धन लागू भइसकेपछि उपभोक्ता, सवारी निर्माता कम्पनी तथा प्राविधिक निकायबाट आएका प्रतिक्रिया र चिन्तालाई...

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ
घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि उपाध्यक्ष रहेकी गुरुङले केन्दीय महिला उद्यमी समिति अध्यक्ष तथा महासंघको विभिन्न जिम्मेवारीमा काम काम गरिसकेकी छिन् । महासंघको ललितपुरमा सम्पन्न २६ औ राष्ट्रिय महाधिवेशन तथा २३ औं राष्...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ नेपाली बजारमा आउँदै
‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ नेपाली बजारमा आउँदै

काठमाडौं : नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार–विजेता प्रोटोन ई.एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ । पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट स...

एकद्वार प्रणालीमार्फत चिनियाँ लगानी बढाउन उपमन्त्री दोङको आग्रह, नेपाल-चीनबीच व्यापार प्रवर्द्धन गर्ने सहमति
एकद्वार प्रणालीमार्फत चिनियाँ लगानी बढाउन उपमन्त्री दोङको आग्रह, नेपाल-चीनबीच व्यापार प्रवर्द्धन गर्ने सहमति

काठमाडौं : नेपाल र चीनबीच विद्यमान आर्थिक साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री य...

शेयर धितो कर्जा परिमार्जन हुने, चेक बाउन्समा कालोसूचीको व्यवस्था खुकुलो बनाइने
शेयर धितो कर्जा परिमार्जन हुने, चेक बाउन्समा कालोसूचीको व्यवस्था खुकुलो बनाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सीमा निर्धारण गर्ने भएको छ । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको सबलताका आधारमा निर्धारण गरिने जानकारी दिएका हुन्। त्यसैगरी, राष्ट्र ब...

आगामी वर्षको मौद्रिक नीतिः नीतिगत दरहरू यथावत्, डिजिटल बैंकिङ र कर्जा सहजीकरणमा जोड
आगामी वर्षको मौद्रिक नीतिः नीतिगत दरहरू यथावत्, डिजिटल बैंकिङ र कर्जा सहजीकरणमा जोड

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार गभर्नर डा. विश्व पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार ब्याजदर करिडोरअन्तर्गतका प्रमुख नीतिगत दरहरू यथावत् राखिएको छ। स्थायी निक्षेप सुविधा दर र बैंकदरमा कुनै परिवर्तन नगरिएको राष्ट्र ब...

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले यस वर्षको मौद्रिक नीति मुद्रास्फीति ५.५ प्रतिशतको लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको बताए । उनले...

निर्माणाधीन ठूला आयोजना समयमै सक्ने नीति, थप १५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याइने
निर्माणाधीन ठूला आयोजना समयमै सक्ने नीति, थप १५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याइने

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताउँदै आगामी आर्थिक वर्षमा प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, सिँचाइ पूर्वाधार र ऊर्जा व्यापारलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।...

राष्ट्र बैंकले आज अपराह्न ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने
राष्ट्र बैंकले आज अपराह्न ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीति सार्वजनिक कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार मौद्रिक नीति सार्वजनिक कार्यक्रम असार २३ गते...

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 
उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २१० कम्पनीको शेयरमूल्य बढेको छ । भने ५७ कम्पन...

एआई चिपको उच्च मागसँगै सामसुङको नाफा १८ सय प्रतिशतले बढ्यो, कमायो ५८ अर्ब डलर 
एआई चिपको उच्च मागसँगै सामसुङको नाफा १८ सय प्रतिशतले बढ्यो, कमायो ५८ अर्ब डलर 

काठमाडौं : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वभर एआईका लागि आवश्यक मेमोरी चिपको माग उल्लेखनीय रूपमा बढिरहेको छ। एआई चिपको उच्च मागको प्रत्यक्ष लाभ दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले उठाएको छ।  कम्पनीले चालु वर्षको दोस्रो त्रैमास (अप्रिल–...

प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेट: डिजिटल रूपान्तरण र पर्यटकीय पूर्वाधार निर्माणमा जोड
प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच भेट: डिजिटल रूपान्तरण र पर्यटकीय पूर्वाधार निर्माणमा जोड

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।  ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै...

बलियो विदेशी सञ्चिति र नियन्त्रित महँगीबीच निजी क्षेत्रको कर्जा लक्ष्यभन्दा निकै कम
बलियो विदेशी सञ्चिति र नियन्त्रित महँगीबीच निजी क्षेत्रको कर्जा लक्ष्यभन्दा निकै कम

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समिक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार मुद्रास्फीति नियन्त्रणमा रहेको र विदेशी विनिमय सञ्चिति  बलियो रहेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि निजी क्षेत्रमा कर्जा विस्तार भने लक्ष्यअनुसार हुन नसकेको राष्ट्र बैंकको...

१० ठूला वाणिज्य बैंकहरूको कर्जा मूल्याङ्कन सम्पन्न, प्रतिवेदन कार्यान्वयनका लागि पठाइयो
१० ठूला वाणिज्य बैंकहरूको कर्जा मूल्याङ्कन सम्पन्न, प्रतिवेदन कार्यान्वयनका लागि पठाइयो

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विपन्न वर्ग तथा अन्य निर्देशित कर्जाको व्यवस्थामा पुनरावलोकन गर्दै २०८३ पुस मसान्तदेखि नयाँ व्यवस्था लागू गर्ने जनाएको छ।  नयाँ व्य...

मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजना, सिँचाइ पूर्वाधारसँगै कृषि आधुनिकीकरणलाई जोड
मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजना, सिँचाइ पूर्वाधारसँगै कृषि आधुनिकीकरणलाई जोड

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्...

सिद्धार्थ आयलले गर्यो नौ महिनामै एक अर्बमाथिको व्यापार, स्थापित ब्रान्ड ‘तेज’ भने विवादमा
सिद्धार्थ आयलले गर्यो नौ महिनामै एक अर्बमाथिको व्यापार, स्थापित ब्रान्ड ‘तेज’ भने विवादमा

काठमाडौं : सिद्धार्थ आयल इन्डष्ट्रिजले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब एक करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार निरन्तर रुपमा बढ्दै गएको हो । कम्पनीले सन् २०२५ मा एक अर्ब ५० करोडको व्यापार गरेको थियो ।  यसअघि सन् २०२४ मा कम्पनीले एक अर्ब...

आज पनि तोलामा एक हजार चार सयले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  
आज पनि तोलामा एक हजार चार सयले घट्यो सुन, चाँदीको मूल्य पनि सस्तियो  

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार रुपैयाँ...