राष्ट्र बैंक ऐन संशोधन: अब राष्ट्र बैंकले सिधै सहकारीको अनुगमन गरी कारबाही गर्न सक्ने
काठमाडौं : राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन भएको छ । ऐन संशोधन गरी दफा ५ को उपदफा (१) को खण्ड (च) पछि (च१) र (च२)मा सहकारी सम्बन्धी व्यवस्था गरेको छ ।
(च१)मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा निर्देशन तथा मापदण्ड जारी गर्ने व्यवस्था थप गरिएको छ ।...