विक्रम संवत २०३० साल असार १ गते । जुम्लाको तातोपानी-४, गिडीखोलामा जन्मिएका थिए, ऋषिराम पाण्डे । देशकै दुर्गम भूगोल कर्णालीको जुम्लामै उनले प्रारम्भिक शिक्षा लिए।
त्योभन्दा माथि पढ्न गाउँमा कलेज थिएन। उनी दाङ झरे । त्यहीँको राप्ती प्राविधिक शिक्षालयबाट आईएससी पास गरे। बिएसी भने उनले भक्तपुरक...