काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३ अंकले बढेर २०८९.९४ बिन्दुमा पुगेको हो बुधबार ९.२५ अंकले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा एक अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्से एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबीएल ग्रोथ फण्ड रहेका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज प्रोग्रेशिभ फाइनान्स कम्पनीको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।
Advertisment