Below Menu
Below Menu

यो देश मेरो लागि होइन भन्ने दिन नआओस् !

यो देश मेरो लागि होइन भन्ने दिन नआओस् !

मैले पुर्वदेखि पश्चिम, पहाडदेखि मधेससम्म आफ्नो स्टोर विस्तार गरे । देशलाई जोड्ने भनेको व्यापारले नै हो । व्यापारले रोजगारी श्रृजना गर्छ, उत्पादनलाई जोड्छ र एउटै भावनामा उन्ने काम गर्छ । त्यही मूल मर्म लिएर मैले भाटभटेनीको शाखा विस्तार गरेको थिए । मैले लिएको आंटलाई जनताले पनि साथ दिनुभयो । त्यही भरोषाको कारण मैले आफ्नो सबै उर्जा देशमा नै खर्चिए ! मैले गल्ति गरे?

यहि सफलताको कारण मैले विदेशमा स्थापित भएका आफन्तहरुलाई पनि स्वदेश फिर्ता बोलाए । विदेशमा बसेर राम्रो व्यवसाय गर्नेदेखि, राम्रो पेशा गर्नेलाई स्वदेश ल्याए । उनिहरु मसँग जोडिएर व्यापार व्यवसाय गरि रहेका थिए । म पक्राउ परेपछि उनिहरु सबैभन्दा बढी  चिन्तामा छन् । म ५४ दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छु । मलाई कुन कसुरमा यसरी हिरासतमा राखिएको हो अहिलेसम्म पनि बुझ्न सकेको छैन । व्यापारलाई पारदर्शी बनाएर राज्यको ढुकुटी बलियो बनाउनु गलत थियो । हजारांैलाई रोेजगारी दिनु पनि गलत थियो । त्यही गल्तिको दण्ड मैले भोगिरहेको छु । त्यही भएर मलाई अहिले लाग्न थालेको छ, यो देश मेरो लागि होइन । उक्त माथिका हरफहरु हिरासतबाट भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले दिएको वयान हो । सो को आधारमा विजमाण्डु अनलाईमा छापिएको सारांस मैले लिएको छु ।

दिपेन, देश नै काम नलाग्ने हो । आफ्नो परिवार र म जहाँ बस्छु जहाँ राज्यको सुविधा उपभोग गर्न पाउँछु त्यही नै देश हो । मेरो जन्मले मेरो देश हुन सक्ला, तर देश त्यो हो जहाँ जनताले सुखको अनुभुति गर्न पाउँछ । निर्वाध रुपमा काम गर्न पाउँछ । नेपाल मेरो देश हो भन्न मलाई लाज लाग्छ । सरकारी अड्डामा जहाँ गए पनि यो विदेशबाट आएको हो भनेर घुसको आश गर्छ । देश सिस्टममा चल्नु पर्छ । विधिको र नीतिको शासन हुनुपर्छ तर यो देशमा कहाँ छ नीति विधिको शासन । नेपाल त फोनमा चल्छ । पावर भएकाहरुमा कुनै कानुनले छुँदैन । गरिव, नुमुखा र देशमा केही गरौ भन्नेहरुलाई लाग्छ कानुन भनेर केही दिन मात्र अघि मलाई साथीले फोनमा यी विषयमा गफिएको थियो ।

जब मैले मिनबहादुर गुरुङको यो वयान पढे तब दुबै जनाको कुरा ठ्याक्कै मेल खायो । मिनबहादुर जस्ता मान्छेले आज यो देश मेरा लागि होइन भनेर भनि रहँदा र अष्ट्रेलीया बस्ने साथीले पनि देश नै खराब भनि रहँदा कता कता मेरो मनले पनि देश नै खराब हो त भनेर प्रश्न गर्न थालेको छ । कयौं युवा देश छोडेर हिडेका छन् । देशमै बस्ने वातावरण छैन भन्ने जमात धेरै छ । देश भन्दा विदेश राम्रो भन्ने नेपाली धेरै भेटिन थालेको छ । आज हरेक घरका एक सदस्य विदेशमा छन् । देशमा भन्दा विदेशमा नै आफ्नो भविष्य सुरक्षित भएको महसुस गर्न थालेका छन् । अमेरिका, अष्ट्रेलिया, लण्डन लगायत विकशित देशमा रहेका नेपालीले मेरो देश नेपाल भन्ने भुली सके या सम्झीए पनि देश आउन चाहँदैनन् । किनकी आफु जहाँ बस्यो त्यहीँ आफ्नो देश भन्ने भै सक्यो होला । हालको आर्थिक मन्दिको अवस्था र राजनैतिक अस्थिरताले गर्दा अब हरेक नेपाली देशमा बस्न चाहँदैन् । यि यस्ता सोच भित्र पनि देशलाई राम्रो बनाउने भनेर लागेका थिए मिनबहादुर । हामी नेपालीहरुले गर्व गर्ने एक मात्र व्यवसाय भाटभटेनी स्टोर बनेको छ । सपना धेरैले देख्लान तर सपनालाई विपनामा परिणत गर्ने कमै मानिस हुन्छन् । मिनबहादुर भन्दा धेरै पैसा हुनेहरु पनि यस देशमा कयौं मानिस होलान् तर मिनबाहादुरले जसरी रोजगारी सृजना गरे देशमै अव्वल व्यवसाय गरे र राज्यलाई कर तिरे उनी भन्दा धेरै पैसा भएकाहरुले यो कार्य गरेका छैनन् ।

हामी जहाँ जन्मन्छौं त्यही देशको नागरिक भइन्छ । तर, जन्मले त देशको नागरिक बनिने रहेछ तर कर्मले यो देश मेरो भन्नु पर्ने रहेछ । देशको नागरिक भएपछि अवश्य पनि देशको माया हुन्छ । जन्मेको देश र जन्म ठाउँ, जन्म गाउँ हाम्रो लागि धेरै नै माया हुन्छ । तर त्यो एउटा भावना मात्र रहेछ  । मनबाट हामीलाई माया हुन्छ र केही गरौं भन्ने हुटहुटी हामीमा हुन्छ । तर आजका युवामा त्यो पाईदैन विकशित देशमा हेर्ने हो भने जन्मले भन्दा कर्मले देशलाई माया गरेको पाइन्छ । देशले जनतालाई दिएको सेवा सुविधा र त्यहाँको नीति नियम र अनुशासन सायदै हाम्रो देश त्यस्तो हुन सक्दैन होला भनेर विदेशबाट आएका साथीहरु मलाई भन्ने गर्छन । हाम्रो जीवनमा जहाँ रोजगारीको सुनिश्चितता छ । व्यवसायको सुरक्षा छ । सन्तानको भविष्यको चिन्ता छैन । स्वास्थ्य उपचारको कुनै पर्वाह छैन यि सबै सेवा  सुविधा पाइन्छ भने त्यो नै हाम्रो देश हो । देशले आफ्ना जनताको यि आवश्यकता पुरा गर्दैन भने के देश र साथी भनेर मलाई हरीले बारम्बार भन्ने गर्छ ।

मिनबहादुर जस्ता मान्छेले आज यो देश मेरो लागि हैन भनेर भनेका छन् अनि देशका युवा किन यो देश मेरो भन्छन् र † वास्तविकता र अवस्था पनि यस्तै बन्दै गएको छ । यो लेख लेखी रहँदा ६० दिन भन्दा बढि भै सक्यो होला थुनेर अनुसन्धान गरेको आखिर के अनुसन्धान हुँदैछ । अनुसन्धान हो की यातना हो? के मिनबहादुर देश नै छोडेर भाग्थे होला ? उनलाई किन हिरासतमा राखेर अनुसन्धानको नाममा मानसिक पिडा दिइदैछ? के उनी मात्र आरोपी हुन त? मिनबहादुर ललिता निवास काण्डका आरोपी हुन् तर उनी एक व्यवसायी पनि हुन् । व्यवसायलाई पारदर्शी बनाएर राज्यलाई कर तिर्नु पर्छ भन्ने सोच राख्ने व्यक्ति मिनबहादुरले के नहुने काम गरे उनले पटक पटक भनेका छन् मैले जग्गा खरिद गरेको हो तर राज्यको नियम अनुसार भनेर भनि रहेका छन् ।

मैले राज्यलाई सबै तिरो तिरेर जग्गा किनेको हुँ । राज्यलाई राजस्व तिरेर जग्गा किन्दा म कसरी कसुरदार भएँ? मैले जग्गा किन्दा जग्गाधनी प्रमाण पुर्जा रहेको र जग्गाधनीकै नाममा श्रेस्ता कायम रहेको थियो । त्यही आधारमा जग्गा किन्दा म कसरी कसुरदार ठहरिएँ? श्रेस्तामा पहिला जग्गा धनी अर्कै थिए उनले खरिद गरेपछि उनी जग्गा धनी भए । 

यो देशको कानुन दैवले जानुन भन्ने उखान त हामीले सुनेकै होला । मिनबहादुरका लागि  पनि कानुन उनले नजानेर दैवले नै जानुन भन्नु पर्ने भएको होला । देशको अब्बल व्यवसायीले आज हिरासतबाट यसो भन्नु देश कहाँ छ । के देशमा यतिका ठुला व्यवसायीलाई यसरी नै अनुसन्धान गरिने  हो र? कानुन कसरी चलेको छ । साथीले भने झै फोनमा नै यो देशको कानुन छ त? एउटा व्यवसायीलाई कसरी सुरक्षा दिन सकिन्छ भनेर देश लाग्नु पर्ने हैन र? व्यवसायीलाई कसरी सुरक्षित बनाउने भन्ने सोच राज्यले लिनु पर्ने हैन र । तर यो देशमा त कसरी फसाउन सकिन्छ । कसरी विगार्न सकिन्छ भन्ने सोच राज्यतहबाट हुनु आम व्यवसायीको लागि घातक भएको छ । न राजनीतिको ट्याग न कुनै दलसँगको साठगाठ शुद्ध व्यापार गरेर बसेका मिनबहादुर हिरासतमा । देशका चोर फटाहाहरु हिरामहलमा अनि कसरी यो देशमा आम नेपाली बस्न सक्छन् । यो देश मेरो लागि हैन रहेछ भन्ने दिन नआओस् ।

आज एउटा सफल व्यवसायीलाई एउटा बहानामा हिरासतमा पुराएका छन् यो दिन अरु यसरीनै देश भनेर बस्ने उद्योगी व्यवसायीहरुलाई हुन्न भन्न सकिन्न त्यसैले आम व्यवसायीहरु एक हुन जरुरी छ । हामीले हाम्रो सबै उर्जा यस देशमा खर्च गरे भनेर पश्चताप नलागोस् । देशले हामीलाई के दियो भन्ने प्रश्न सधै रहने छ ।

विश्व भरी जहाँ गएर बसे पनि जहाँ हामी सुखी र खुसी हुन्छौं । जहाँ हाम्रो व्यापार व्यवसाय सुरक्षित हुन्छ । सन्तानको भविष्य सुरक्षित हुन्छ त्यही हाम्रो देश हो भन्ने मलाई मिनबहादुरहरु जस्ताको आवाजले लाग्न थालेको छ । यो देशमा भएको सम्पत्ति सकेर  विदेशिएकोमा खुसी हुने हाम्रो राज्य । देशमा नै केही गरौं भन्नेहरुका लागि एक दिन अवश्य पश्चताप मान्ने दिन नआओस् । मेरो कामना छ ।
(लेखक व्यवसायी हुन्)

Advertisment