Below Menu
Below Menu

लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार १८ गते २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा डाकेको हो ।

उक्त सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार असार ३ गतेसम्म  कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment