Below Menu
Below Menu

द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई जेष्ट आइडियोलोजीको सहयोग

द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई जेष्ट आइडियोलोजीको सहयोग

काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औं वार्षिकोत्सवको अवसरमा द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाल सहयोग गरेको छ।

Sponsored Advertisement

जेष्ट आइडियोलोजी साकोसले शुक्रबार संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक दैनिक उपभोग्य वस्तुहरु सहयोग गरेको हो ।

सदस्यलाई वित्तीय सेवासँगै सामाजिक कार्यमा समेत क्रियाशिल जेष्ट आइडियोलोजी साकोसले अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुसँगै वार्षिकोत्सव मनाएको छ। जेष्ट आइडियोलोजी साकोसका अध्यक्ष हेमबहादुर कार्कीले संस्थाका अध्यक्ष युवराज थापालाई सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका सञ्चालक र उच्च व्यवस्थापनको सहभागिता थियो ।

संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत फरक फरक गतिविधि सञ्चालन गर्दै आइरहेको छ । सहयोग थोरै भएपनि संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति खुशी थप्ने काम संस्थाले गरेको अध्यक्ष कार्कीले जानकारी दिए।

काठमाडौंको शंखरापुरमा रहेको द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपालमा ५४ जना बालबालिकासहित ६३ जना अपांगता तथा मानसिक अशक्तता भएका व्यक्तिहरु आश्रित छन्।

द्वन्द्व पीडित अपांग समाज–नेपाल नेपालमा द्वन्द्वपीडित र अपाङ्गता भएका व्यक्तिहरूको अवसरहरू अभिवृद्धि गर्न र जीवनस्तर उकास्ने उद्देश्यका साथ सन् २००५ मा स्थापना भएको एक गैर–सरकारी सामाजिक संस्था हो ।

जेष्ट आइडियोलोजी साकोस २०६६ माघ २५ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई २०६७ बैशाख ४ गतेदेखि संस्थाले कारोबार सुरु गरेको थियो । ‘सामाजिक विकास र आर्थिक सम्बृद्धिको लागि जेष्ट आइडियोलोजी साकोस’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुबीच बचत तथा ऋणको कारोबारसँगै सामाजिक काम गर्दै आएको छ।

संस्थाले सदस्यहरुको बचतलाई सुरक्षित राख्ने र आवश्यकता अनुसार ऋण उपलब्ध गराई सदस्य कै जीवनस्तर सुधार गर्ने महत्वपुर्ण प्रयास गरिरहेको छ।

ताजा पोस्ट
थप समाचार