वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
लक्ष्मी उन्नती कोषको शेयरमूल्य समायोजन
लक्ष्मी उन्नती कोषको शेयरमूल्य समायोजन

काठमाडौं : लक्ष्मी उन्नती कोषको शेयरमूल्य समायोजन भएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको ९.५ प्रतिशत लाभांश पछिको शेयरमूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ८ दशमलव ३० रुपैयाँमा समायोजन भएको छ। कम्पनीको अन्तिम कारोबार ९ दशमलव २५ रूपैयाँमा भएको थियो।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने

कास्की : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन् ।  नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताए । “पोख...

नेशनल फण्ड म्यानेजमेन्टले गर्यो लाभांश घोषणा 
नेशनल फण्ड म्यानेजमेन्टले गर्यो लाभांश घोषणा 

काठमाडौं : नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभ...

नेफ्स्कूनमा सिईओकाे नियुक्ति: नीति विपरित
नेफ्स्कूनमा सिईओकाे नियुक्ति: नीति विपरित

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले नियम विपरित व्यवस्थापन प्रमुख (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ । मंगलबार बसेको नेफ्स्कून बोर्ड बैठकले नियम विपरित प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको  निर्णय गरेको हो । उक्त बैठकले नेफ्स्कूनका पूर्व सिईओ शिवजी सा...

हुलाकबाट एक करोड राजस्व संकलन 
हुलाकबाट एक करोड राजस्व संकलन 

नारायणगढ : जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट रु एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख रमेश ज्ञवाली...

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश
खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश

मान्म : कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए । न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/८१ को कुनै पनि ब...

हिमालमा पदमचाल फुल्दा
हिमालमा पदमचाल फुल्दा

फुङ्लिङ : यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क  हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा  घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ । केन्जो...

चितवनमा आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० घाइते, सात गम्भीर
चितवनमा आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० घाइते, सात गम्भीर

चितवन : भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ  सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को...

स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा
स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा

तुलसीपुर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छिन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, “आन्तरिक आय बढेमा संघीय ,...

रोकिएन नेप्सेको गिरावट, कारोबार रकम डेढ अर्बमा खुम्चियो 
रोकिएन नेप्सेको गिरावट, कारोबार रकम डेढ अर्बमा खुम्चियो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको...

विकासका अवसर स्वदेशमै खोजौँ, सरकारले थुप्रै सुविधा दिएको छ: अर्थमन्त्री 
विकासका अवसर स्वदेशमै खोजौँ, सरकारले थुप्रै सुविधा दिएको छ: अर्थमन्त्री 

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई स...

७६ वर्षमा ६६१ गुणा महँगियो सुन, नेपालमा मात्रै वर्षेनी आठ सय टन माग 
७६ वर्षमा ६६१ गुणा महँगियो सुन, नेपालमा मात्रै वर्षेनी आठ सय टन माग 

नयाँ दिल्ली : नेपालमा वर्षेनी ८०० टन सुन माग हुने गरेको पाइएको छ । जसमध्ये १ टन मात्रै भारतमा उत्पादन हुने र बाँकी अन्य देशबाट आयात हुने गरेको छ । चीनपछि सबैभन्दा बढी सुन खपत गर्ने मुलुकमा भारत छ । स्वतन्त्रताको समयमा अर्थात् ७६ वर्षअघि सन् १९४७ मा १० ग्राम सुन ८९ रुपैयाँमा थियो, जुन अहिले ५९ हजा...

मर्स्याङदी जलविद्युत केन्द्रद्वारा  नौं रोपनी जग्गा अधिग्रहण, मुआब्जा २१ लाख करोढ ७८ लाख
मर्स्याङदी जलविद्युत केन्द्रद्वारा नौं रोपनी जग्गा अधिग्रहण, मुआब्जा २१ लाख करोढ ७८ लाख

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण गरिएक...

सवारी साधनको भाडा बढ्यो, कहाँको कति ? 
सवारी साधनको भाडा बढ्यो, कहाँको कति ? 

काठमाडौं : सवारी साधनको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरीे सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको विभागले जनाएको छ । विभागका अनुसार या...

काठमाडौं–तराई द्रुतमार्गको डिपिआर संशोधन
काठमाडौं–तराई द्रुतमार्गको डिपिआर संशोधन

काठमाडौं : काठमाडौं तराई-मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई&nda...

अनौपचारिक क्षेत्रका श्रमिक अब सामाजिक सुरक्षामा
अनौपचारिक क्षेत्रका श्रमिक अब सामाजिक सुरक्षामा

काठमाडौं : अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको आज शुभारम्भ भएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू हुँदैछ । सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको उक्त कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दा...

सामाजिक सुरक्षा कोषले ५ अर्ब २२ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने 
सामाजिक सुरक्षा कोषले ५ अर्ब २२ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने 

काठमाडौं : सामाजिक सुरक्षा कोषले ५ अर्बभन्दाबढी रकम मुद्दती निक्षेपमा लागनी गर्ने भएको छ । कोषले विभिन्न खाताहरुमा रहेको ५ अर्ब २२ करोड बरावरको रकम मुद्दती खातामा लगानी गर्ने भएको हो । कोषले उक्त रकमका लागि राष्ट्र बैकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरूसँग प्रस्ताव माग गरेको छ । कोषका अनुसार...

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा
बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

ढोरपाटन : मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले व...

पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक बाह्रदिनपछि खुल्यो
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक बाह्रदिनपछि खुल्यो

म्याग्दी : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त...

राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन संकलन
राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन संकलन

तुलसीपुर : लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो । सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४०  जग्गाधनीबाट निवेदन सङ्कलन सुरु गरिएको आयोजना प्रमुख शङ...

सेवाग्राहीसँग घुसलिने दुई कर्मचारी अख्तियारको फन्दामा 
सेवाग्राहीसँग घुसलिने दुई कर्मचारी अख्तियारको फन्दामा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । गाउँपालिकाका ‘एमआइएस अपरेटर’ वीरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई तीन लाखको चेकसहित अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले राज...

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार, एक वर्षमै बेच्छन् नौं लाखको तरकारी 
स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार, एक वर्षमै बेच्छन् नौं लाखको तरकारी 

भोजपुर : भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासा...

खराब कर्जा बढ्दा धौलागिरी लघुवित्त नोक्सानीमा 
खराब कर्जा बढ्दा धौलागिरी लघुवित्त नोक्सानीमा 

काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्था एक करोडबढी नोक्सनीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको कम्पनी गत असार मसान्तसम्म आइपुग्...

अपि पावरको ४० प्रतिशत हकप्रद आजदेखि बिक्रीमा 
अपि पावरको ४० प्रतिशत हकप्रद आजदेखि बिक्रीमा 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा ल्याएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन...