काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले हालको राजनितीक स्थायित्वलाई आर्थिक समृद्धिको अभुतपूर्व अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ६० वर्षको यो कालखण्डले साना, मझौला र ठूला...
काठमाडौं :अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र...
नेपाल उद्योग वाणिज्य महासंघको ६० बर्ष केबल बर्षको गणना मात्र होइन, यो त मुलुकको आर्थिक इतिहासमा एक–एक गरेर थपिँदै गएका दृढ संकल्प, संघर्ष र साझेदारिताका सुनौला इँटाहरु पनि हुन् । जसको माध्यमबाट देशको आर्थिक मेरुदण्डलाई मजबुत बनाउँदै राष्ट्रिय समृद्धिको सुनौलो घर निर्माणमा योगदान पुगेको छ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा सात अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सात अर्ब ३० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ मे ११ देखि, २०२७ मे ११ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्र...
काठमाडौं : देशभरका घरजग्गा एजेन्ट तथा एजेन्सी संगठनहरुलाई एकबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ’ को औपचारीक घोषणा भएको छ। खिम्ची रेस्टुरेन्ट अनामनगरमा भएको कार्यक्रममा २०८३ बैशाख १० गते गठन भएको महासंघको तदर्थ कार्यसमितीको घोषणा भएको छ । कार्यसमितिमा अ...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०...
काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी अभियान तीव्र बनेसँगै प्रभावित बालबालिकाको शिक्षामा पर्न सक्ने असरप्रति सरोकारवाला शैक्षिक संस्थाहरूले चासो व्यक्त गरेका छन् । यसै सन्दर्भमा आइतबार निजी तथा आवासीय विद्यालय...
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो । जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेय...
काठमाडौं : नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो अभिन्न भू–भाग भन्दै विरोध जनाएपछि भारतले नेपालको उक्त दाबीलाई आधारहीन भन्दै अस्...
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोली) काठमाडौँमा हुने भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो । आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ ग...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्रका तीनवटै छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग बृहत् अन्तरक्रिया गरेको छ। छलफलमा उद्योगी व्यवसायीहरूले भोग्नुपरेका कान...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् । आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २...
काठमाडौं : केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले विश्वकै प्रतिष्ठित तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ । यस महत्वपूर्ण सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रा। लि। नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आ...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार जारी गरेको ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ ले सहकारी ऐन, २०७४ बमोजिम नियुक्त पाँच जना पदाधिकारीहरू पदमुक्त भएका छन् । उक्त अध्यादेश राजपत्रमा समेत प्रकाशित भैसकेको छ। अध्यादेशमा सह...
काठमाडौं : केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता...
काठमाडौं : नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाडौंको तीनकुनेमा वैशाख २१ गते भव्य उद्घाटन गर्दैछ । हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमान्डुले ग्...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी-व्यवसायीलाई आश्वस्त पार्दै सरकार निजी क्षेत्रको मनोबल खस्काउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । निजी क्षेत्रसँगको आन्तरिक छलफलमा उनले उद्योग, वाणिज्य र व्यवसाय क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको प्...
काठमाडौं : दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क मुलुकका सहभागीहरू काठमाडौं आइपुग्ने क्रम सुरु भएको छ । बिहीबार मे ७ देखि ११ तारिख ९वैशाख २४ देखि...
काठमाडौं : आज विश्व हाँसो दिवस । हाँसोको महत्त्व सम्झाउने, जीवनका कठिन क्षणहरूमा पनि आशा जगाउने दिन । संयोग नै भनौं यही दिनसँगै नेपालमा एक यस्तो सन्देश जोडिएको छ, जसले हजारौँ सहकारी पीडितहरूको अनुहारमा फेरि मुस्कान फर्काउने अपेक्षा जगाएको छ । करीब एक महिना आठ दिनअघि बालेन्द्र शाह (बालेन) नेत...
काठमाडौं : काठमाडौंको गुहेश्वरीमा आयोजित एकदिने नेपाली हस्तकला प्रदर्शनीमा उल्लेखनीय सहभागिता देखिएको छ । प्रदर्शनीमा १०० वटा स्टल राखिएको आयोजकले जनाएको छ । घरकर्मका डिरेक्टर सन्तोष पुडासैनीका अनुसार विभिन्न क्षेत्रबाट ल्याइएका स्थानीय उत्पादनहरू प्रदर्शनीमा समावेश गरिएको छ । उनले प्रदर्शनी...
काठमाडौं : काठमाडौं महानगरपालिका कार्य क्षेत्रभित्र रहेका कुल १८४८ सहकारी मध्ये ११७० सहकाकारी संस्थाले अद्यावधिक नगरेको पाईएको छ । २०८३ बैशाख १७ गतेसम्म महानगरपालिकामा कुल ६७८ सहकारी संस्थाले मात्रै अद्यावधिक गरेको महानगरपालिकाले जनाएको छ। अद्यावधिक नगर्ने ११७० सहकारी संस्थाहरूलाई ४५ दिनभित्...
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईँले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री...
काठमाडौं : शहरी विकास मन्त्रालयले नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंग...
काठमाडौं : आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी(इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत अभिमुखीकरण सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थानको समन्वयमा सञ्चालन गरिएको हो । यस कार्यक्रमम...