वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’
‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’

काठमाडौं : जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष र जनमुखी बनाउन जनसङ्ख्याको बनावट, औसत आयु र श्रमिकको उपलब्धतालगायत पक्षलाई गहिरोसँग अध्ययन गर्न सुझाएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘सङ्घीय निजामती...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु  
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु  

याङ्गुन : उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो । स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हु...

तरकारीखेतीबाट चार लाखसम्म कमाउँछन् वडाध्यक्ष ‘चौधरी’
तरकारीखेतीबाट चार लाखसम्म कमाउँछन् वडाध्यक्ष ‘चौधरी’

तुलसीपुर : यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् । उनी सो वडाका वडाध्यक्ष पनि हुन् । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तर...

आईपीओ जारी गर्न क्रेष्ट माइक्रो लाइफसहित तीन कम्पनीलाई बोर्डको अनुमति 
आईपीओ जारी गर्न क्रेष्ट माइक्रो लाइफसहित तीन कम्पनीलाई बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले बिहिबार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सानिमा फ्लेक्सी फण्डलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरे...

अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति
अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति

चितवन : नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गरे ।  उनले भने, “अर्थतन्त्रलाई चलायमा...

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री

कास्की : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको &lsqu...

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

काँक्रेविहार : कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो । भौतिक पू...

पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।  हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गैरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पत...

शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित पाँचथर पावरले बोलायो साधारणसभा 
शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित पाँचथर पावरले बोलायो साधारणसभा 

काठमाडौं : पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ २४ गते नवौं वार्षिक साधा...

सुपरमादी हाइड्रोपावरको साढे १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 
सुपरमादी हाइड्रोपावरको साढे १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे १० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले सुपरमादी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार कम्पनीको १० लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारम...

शेयर बजारमा सामान्य गिरावट, करिब छ अर्बको कारोबार 
शेयर बजारमा सामान्य गिरावट, करिब छ अर्बको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.३३ अंकले घटेर २६८ड.६२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १.८३ अंकले बढेर २६९५.९६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५२ कम्पन...

‘न्युन निर्यात र उच्च व्यापार घाटाले आर्थिक वृद्धि उत्साजनक देखिएन, कर्जा प्रवाहमा जोड दिनुपर्छ’ 
‘न्युन निर्यात र उच्च व्यापार घाटाले आर्थिक वृद्धि उत्साजनक देखिएन, कर्जा प्रवाहमा जोड दिनुपर्छ’ 

काठमाडौं : अर्थतन्त्रका उत्पादन, लगानी, उपभोग, बचत, रोजगारी, आम्दानीको अवस्थालाई जनाउने क्षेत्र वास्तविक क्षेत्रको नामले चिनिन्छ । अर्थतन्त्रको आकार र यसमा भएको वृद्धिले अर्थतन्त्रको अवस्थालाई जनाउँछन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार रु...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र, १५ प्रतिशत काम सम्पन्न
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र, १५ प्रतिशत काम सम्पन्न

चितवन : भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।  महानगरका सिनियर डिभिजनल इन्जिनिय...

साना कम्पनीलाई आईपीओ जारी गर्न एसएमई प्लेटफर्मको नियमावली लागू
साना कम्पनीलाई आईपीओ जारी गर्न एसएमई प्लेटफर्मको नियमावली लागू

काठमाडौं : नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” लागु गरेको छ । नेपाल सरकारको स्वीकृति बमोजिम बोर्डले माघ ३ गतेबाट उक्त नियमावली लागू गरेको हो ।  साथै बोर्डले उक्त नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक...

हराए ‘पोखराको सम्झना’
हराए ‘पोखराको सम्झना’

पोखरा : पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध...

पुँजीगत लाभकर ४१८ प्रतिशतले बढ्यो, सरकारले छ महिनामा उठायो पौने १० अर्ब !
पुँजीगत लाभकर ४१८ प्रतिशतले बढ्यो, सरकारले छ महिनामा उठायो पौने १० अर्ब !

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा सरकारले शेयर बजारबाट पौने १० अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म लगानीकर्ताले सरकारलाई ९ अर्ब ८२ करोड १५ लाख १२ हजार ३५४ रुपैयाँ पुँजीगत लाभकर बुझाएका हुन् ।  उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ४१८.५७ प्रतिशतले...

बसाइँसराइले रित्तियो गाउँः सहरमा गाउँले, बस्ती वन्यजन्तुले भरिए 
बसाइँसराइले रित्तियो गाउँः सहरमा गाउँले, बस्ती वन्यजन्तुले भरिए 

ढोरपाटन : बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र...

छ महिनामा २६ अर्ब विदेशी लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा झण्डै १७ अर्ब ! 
छ महिनामा २६ अर्ब विदेशी लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा झण्डै १७ अर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा करिब २६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांक अनुसार पुस मसान्तसम्म २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा ३५४ परियोजनाका लागि विभागको प्रमाणीकरण (स्वीकृत) प्रणालीबाट अ...

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत, बनारसमा ‘रोड सो’
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत, बनारसमा ‘रोड सो’

आगरा : सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा  सहभागी व्यवसायीहरू एकाप...

यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि

भक्तपुर : यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० नियमित तथा ग्रेडवृद्धि परीक्षा आगामी चैत ७ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार...

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व एक अर्ब ४५ करोडले घट्यो 
सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व एक अर्ब ४५ करोडले घट्यो 

वीरगञ्ज : सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।  गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधि...

प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
प्रतितोला एक हजार २०० रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ।  महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ...

आजको मौसम: देशभर आंशिक बदली
आजको मौसम: देशभर आंशिक बदली

काठमाडौं : पश्चिम न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले देशक...

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा: तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा: तीन महिनादेखि उत्पादन बन्द

बागमती:  हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।   उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।          उपकरण मर्मतसम्भार गरी ग...