हालै मुलुकमा ठुलो अकल्पनीय दुर्घटना घट्यो । यसले ठूलो जनधनको क्षति पनि भयो । अकल्पनीय घटनामा हजारौँ हाम्रा नेपाली र विदेशी नागरिकहरुले ज्यान गुमाउनुभयो । हामीले कल्पनै गर्न नसकिने घटनाका लागि कस्तो खालको तयारी चाहिन्छ भन्ने कुरा अब हामी सोच्न बाध्य भएका छौँ । बैंकिङको दृष्टिकोणबाट हेर्दाखेर...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरे । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा जाँदा विमानस्थलमा देखिँदै आएको औपचारिक तामझामलाई यसपटक भने उनले निरन्तरता दिएनन् । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा निस्कँदा विमानस्थल...
मुस्ताङ : मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मका भूभागमा हिमपात हुँदा सीमावर्ती क्षेत्रको जनजीवन, आवतजावत तथा व्यापारिक गतिविधिमा असर पर्नसक्न...
काठमाडौं : अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन् । काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन् । कान्तिलोकपथ : मकवानपुरतर्फको सडकखण्ड हाल सञ्चालनमा रहेको जनाइएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिका...
काठमाडौं : जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुरमा मुख्य सडक बन्द...
काठमाडौं : खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा, भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।
काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक सक्रियता मात्र होइन, विगतमा उनलाई पार्टी राजनीतिबाट टाढा राखिएको निर्णय र अहिले पुनः अघि सारिन खोजिएको राजनीतिक परिस्थ...
काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि ट्राफिक प्रहरीले नदी तटीय क्षेत्र तथा करिडोरमा निगरानी बढाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेद...
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ६०० रुपैयाँ...
काठमाडौं : प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृती ढकालले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको विपद्को जोखिम, त्यसले मानव जीवनमा पारेको प्रभाव र अन्तर्राष्ट्रिय सहयोग प्रभावित समुदायसम्म पु¥याउनुपर्ने आवश्यकताबारे न्युयोर्कमा आयोजित उच्चस्तरीय कार्यक्रममा धारणा राखेकी छन् ।...
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) को बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाएको छ । एसईएसपीको पहिलो पाँच वर्षको ‘कस्टेड प्रोग्राम’को चालु आर्थिक वर्ष कार्यान्वयनको अन्तिम वर्ष रहेकाले बाँकी पाँच वर्षका लागि न...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०र२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु गरी...
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपालले भोगिरहेको जलवायु संकट, हिमालय क्षेत्रमा बढ्दो विपद् तथा जलवायु न्यायको विषयलाई विश्व समुदायसमक्ष उठाएका छन्। शुक्रबार महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले नगण्य मात्रामा हरितगृह ग्यास...
Kathmandu : NMB Bank Limited and the International Centre for Integrated Mountain Development (ICIMOD) have signed a Memorandum of Understanding (MoU), marking an important step toward promoting sustainable finance and climate-resilient development in Nepal. The partnership aims to bring together...
एजेन्सी : चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग महत्वपूर्ण भेटका लागि अमेरिका पुगेपछि व्यवसायीहरुमा नयाँ आशा पलाएको छ । अमेरिकी व्यवसायी तथा कृषि उत्पादकहरूले सी र ट्रम्पको भेटले शुल्क (ट्यारिफ) र व्यापारिक अवरोधहरू कम गर्ने आशा व्यक्त गरेका छन्। सी जिनपिङ ट...
काठमाडौं : नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । ललितपुरको रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पा...
टोकियो : जापानको टोकियोस्थित टोकियो बिग साइट अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बिहीबारदेखि चारदिने प्रतिष्ठित ‘जापान टुरिजम एक्सपो २०२६’ सुरु भएको छ । ‘भ्रमणको बदलिँदो स्वरूप’ भन्ने मूल नाराका साथ आयोजित एक्सपोमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नौ वटा पर्यटन व्यवसायी...
काठमाडौं : रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् ।...
सुर्खेत : डोल्पा भ्रमणका लागि पुगेका १०२ जना पर्यटकको सुरक्षालाई लिएर जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकाय तथा सरोकारवालालाई आवश्यक सहजीकरण र सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार असोज ८ गतेसम्म शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका १०२ जना पर...
काठमाडौं : काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व। शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरे । अ...
काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३६.२५ अंकले घटेर २६५४.२८ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९५ कम्पन...
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेन्सन तथा सेवा सुविधासम्बन्धी व्यवस्थामा देखिएको दोहोरोपन हटाउन मूल ऐनमै व्यापक संशोधन गर्नुपर्ने बताएकी छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले हाल संशोधनका लागि खुलेका दफाको सीमाभित्र...
काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीपीडितका लागि २० करोड ८९ लाख २ हजार ९ सय ७० रुपैयाँ राहत सहयोग जुटाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्याब्सनले उक्त जानकारी गराएको हो । प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आ...
काठमाडौं : इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई...