वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
साढे १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
साढे १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत साढे १३ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १३ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने नयाँ ट्रेजरी बिल जारी गर्ने लागेको हो भने आठ अर्ब ५०...

अवार्डहरुको दौडमा बैंकिङ क्षेत्र, सामाजिक उत्तरदायित्वमा विकृति
अवार्डहरुको दौडमा बैंकिङ क्षेत्र, सामाजिक उत्तरदायित्वमा विकृति

काठमाडौं : विश्वासमा अडेको, विश्वासमै चलायमान हुने र गति लिने क्षेत्र हो बैंकिङ क्षेत्र । विश्वासमै टिकेको क्षेत्र भएकाले पनि बैंक तथा वित्तीय क्षेत्रले जनताको मन जित्न अनेक कोशिस गरिरहन्छन् । नेपालमा २०४६ सालपछि सबैभन्दा प्रगति गरेको क्षेत्र पनि बैंक तथा वित्तीय क्षेत्र नै हो । विगत दुई वर्षयत...

रोकिएन शेयर बजारको गिरावट, १० अर्ब १२ करोडमा समेटियो कारोबार 
रोकिएन शेयर बजारको गिरावट, १० अर्ब १२ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५७ कम्पनीको शेय...

पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो
पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो

गण्डकी :  गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढेको पाइएको हो । पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै...

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या
दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

म्याग्दी :   आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।   समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ । भौग...

कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट, सोमबार पेशी
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट, सोमबार पेशी

काठमाडौं : कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दाबीका लागि सरकारले तिर्नुपर्ने रकम ततकाल निकासा गर्न माग गर्दै आइतबार रिट दायर गरेको हो ।  सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार को...

आईपीओ जारी गर्ने प्रस्तावसहित टाईम फर्मास्युटिकल्सले डाक्यो साधारणसभा 
आईपीओ जारी गर्ने प्रस्तावसहित टाईम फर्मास्युटिकल्सले डाक्यो साधारणसभा 

काठमाडौं : टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएक छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित असोज १२ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ ।  उक्त सभा सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा बिहान १० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गने,...

सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण
सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

जनकपुरधाम : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको...

ग्रिन लाईफ हाइड्रोपावरको दश लाख कित्ता शेयर बिक्रीमा
ग्रिन लाईफ हाइड्रोपावरको दश लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : ग्रिन लाईफ हाइड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धीत कम्पनीको केन्द्र...

हिमालमा सन्निकट सङ्कट
हिमालमा सन्निकट सङ्कट

गण्डकी : गत वैशाखयता मुस्ताङ, गोरखा र सोलुखुम्बुमा हिमपहिरोका घटना भए । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धवलागिरि हिमालको फेदबाट यही भदौ ७ र ११ गते हिमपहिरो खस्यो । हिमपहिरोले घट्टेखोला थुनिएपछि स्थानीयवासी त्रस्त बने । दिउँसोपख हिमपहिरो गएका कारण खोला छेउछाउका बासिन्दा सुरक्षित ठाउँमा...

बीमाको दायरा विस्तारमा संकुचन, कार्यालय र कर्मचारी भने बढे  
बीमाको दायरा विस्तारमा संकुचन, कार्यालय र कर्मचारी भने बढे  

काठमाडौं : बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो । गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४४ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको साउन मसान्तसम्...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

काठमाडौं : त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे ह...

बाटोको असुविधाले गलेखामकोट ओझेलमा
बाटोको असुविधाले गलेखामकोट ओझेलमा

दमौली : गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको मध्यनेपाल नगरपालिकालगायतका स्थान सहजै देख्न सकिन्छ ।  सदरम...

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युटले १४.७४ प्रतिशत लाभांश दिने 
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युटले १४.७४ प्रतिशत लाभांश दिने 

काठमाडौं : बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ लिमिटेड (बिफिन) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १८ गते छैटौं वार्षिक साधारण सभा बोलाएको...

प्रतितोला एक हजार दुई सय रुपैयाँले घट्यो सुन 
प्रतितोला एक हजार दुई सय रुपैयाँले घट्यो सुन 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ १०० हजार रुपैयाँमा कारोबार भ...

बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन

ढोरपाटन : पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार तीन सय १३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।  निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको ३५ मिटर नहर पहिरोले बगाएपछि तीन दिनदेखि बिजुली उत्पादन...

तरलता व्यवस्थापन गर्न बजारबाट एक खर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट एक खर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप एक खर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । भदौ १९ गते मात्र  ४० अर्ब तानेको बैकले पुनः २१...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 
लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले असोज १६ गते, बुधबार बिहान ११ बजे साधारणसभा डाकेको छ । सो सभा अर्पण ब्यान्क्...

भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु
भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरु

दमौली : भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ ।  संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको भुक्तानी युरोपियन बैङ्कमार्फत...

माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं : माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हु...

इपिएस सम्झौताको १७ वर्ष: नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
इपिएस सम्झौताको १७ वर्ष: नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

काठमाडौं : पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।  सन् २००८ देखि दक्षिण...

तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी
तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी

वेदकोट : कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आएका छन् । सुरुआतमा उनी घरमा खानलाई मात्र तरकारीखेती गर्थे । तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुटेका हुन् । तरकारीखेतीबाट मनग...

आज ऋषिपञ्चमी पर्व मनाइँदै
आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं : ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, म...

यस्तो छ आजको विनिमय दर
यस्तो छ आजको विनिमय दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा कायम भएको छ ।  युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५० प...