लाभांश, मर्जर र हकप्रद जारी गर्ने प्रस्तावसहित एकैदिन २२ कम्पनीले बोलाए साधारणसभा
काठमाडौं : विभिन्न २२ कम्पनीले एकैदिन साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश, मर्जर र हकप्रद शेयर निष्कासनको प्रस्तावसहित साधारणसभा बोलाएका हुन् ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २७ गते, शनिबार १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान...