Below Menu
Below Menu

सन्दर्भ विश्व बचत दिवस: बचत कसरी सम्भव छ?

सन्दर्भ विश्व बचत दिवस: बचत कसरी सम्भव छ?

प्रत्येक वर्ष अक्टोबर ३१ लाई विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने प्रचलन छ । सन् १९२४ देखि इटालीबाट यो दिवसको रुपमा मनाउन थालिएको इतिहास छ । यस बर्षको विश्व बचत दिवसको सन्देश ‘आफुले भोलिलाई जित्नुहोस्’ (Conquer your Tomorrow) रहेको छ । भोलिलाई जित्नु भन्नाले भविष्य निर्माणका लागि बचतको महत्व, बचतमार्फत नै भविष्यलाई सुनिश्चित गर्न सकिन्छ र भविष्यमा कुनै पनि समस्या समाधानका लागि बचतबाट नै सम्भव छ, भन्ने सन्देश रहेको छ । भविष्यलाई सुरक्षित राख्न बचतको महत्वपुर्ण भूमिका रहन्छ । भोलिको लागि नै बचत आवश्यक पर्दछ किनकी आज त चलेकै छ । त्यसैले बचत गर्ने बानीको विकास गर्नुपर्दछ किनकी बचत नै सुरक्षित भविष्यको अधार पनि हो ।

अत: यस लेखमा बचत के हो? किन? कसरी? सम्भव छ र बचतका रणनीतिक उपायहरु र बचतको महत्वका बारेमा चर्चा गर्ने कोसिस गरेको छु । बचत को महत्व बुझाउन, बचत गर्न सम्भव छ भन्ने कुरा बताउन र आम्दानी नहुनेले पनि खर्चलाई मितव्ययी बनाई बचत गर्न सकिन्छ भन्ने कुरा बुझाउन आवश्यक छ । नेपालमा धेरै वित्तीय संस्थाहरु र सहकारीहरु स्थापना भई सञ्चालनमा छन् । नेपालमा जम्मा जनसंख्याको ६१ प्रतिशतमा वित्तीय सेवा पुगेको र २० प्रतिशत भन्दा बढी जनसंख्या सहकारीमा आवद्ध छन् । जसमध्ये सहकारीका सदस्यहरुले पक्कै पनि बचतको महत्व बुझेको हुनु पर्दछ यदि नबुझेको भए सहकारीहरुले सहकारी शिक्षा, वित्तीय साक्षरता र सहकारीताको अभिमुखीकरणको अभाव भएको हो भन्न सकिन्छ । यस्तो व्यवहारिक शिक्षा कमी भएको पनि छ किनकी अधिकांश सहकारी संघ/संस्थाहरुले नाफाको निश्चित प्रतिशत सहकारी शिक्षा कोषमा विनियोजन गरेको छ तर कोषको क्षेत्रगत सदुपयोगिताको अभाव हुनु हो ।

साधारण बुझाईमा बचत भन्नाले आम्दानीपछि खर्च गरेर रहेको बाँकी रकम हो भन्ने बुझाई छ । तर, यो गलत हो । किनकी धेरै आम्दानी हुनेले पनि बचत गर्न सक्दैन्न किनकी जति नै धेरै आम्दानी भए पनि आम्दानी सिमित नै हुन्छ र मानिसको आवश्यकता असिमित हुन्छन् । यदि व्यवहारमा परिष्कृत गर्न सकिएन भने आचरण, व्यवहार, दैनिकी जीवनलाई अत्याधिक खर्चिलो बनाईयो भने र बचत गर्नुपर्छ भन्ने सोच र धारणाको विकास गरिएन भने जति नै आम्दानी भए पनि बचत हुन सक्दैन । अत: बचत हुनलाई आम्दानीपछि म यति बचत गर्छु अनि मात्र खर्च गर्छु भन्नु भयो भने अवश्य नै बचत हुन सक्छ । यसै सन्दर्भमा वारेन्ट बुफेटले पनि भन्नु भएको छ “Do not save what is left after spending, but spend what is left after saving” अर्थात् ‘बचत गरेपछि बाँकी रहेको खर्च गर्नुहोस् किनकी खर्च गरेपछि बचत बाँकी रहेन सक्दैन’, त्यसैले बचत गर्दा आम्दानी जति नै होस् आम्दानीको निश्चित प्रतिशत बचत गरिहाल्नु पर्दछ र बाँकी रहेको बाट खर्च गर्ने बानीको विकास गर्दा मात्र बचत सम्भव छ । बचत भन्नाले तत्काल खर्च गर्नुको सट्टा भविष्यको प्रयोगको लागि आफ्नो आम्दानी वा वित्तीय स्रोतको केही अंश शुरुमा (खर्च अघि नै) छुट्याउने कार्यलाई जनाउँछ । यसमा आपतकालीन अवस्था, वित्तीय लक्ष्य, पारिवारीक सम्बृद्धि वा सेवानिवृत्ति जस्ता विभिन्न उद्देश्यका लागि पैसा, सम्पत्ति वा बहुमूल्य वस्तुहरू संरक्षण गर्ने कुराहरु पनि बचतकै अवधारणामा समावेश गर्न सकिन्छ । बचतले वित्तीय सुरक्षा, सकंट समाधान, जीवनको सम्बृद्धि, पारिवारीक प्रगति र भविष्यका उद्देश्यहरू प्राप्त गर्ने माध्यमको रूपमा काम गर्दछ ।

बचत एक स्मार्ट वित्तीय अभ्यास हो । बचत गर्ने केही चरणहरुमा

लक्ष्य तय गर्ने: तपाईले के बचत गरिरहनु भएको छ । यो आपतकालीन कोष या छुट्टीको लागि बचत होस् वा सेवानिवृत्ति होस् के हो सो एकिन गरेर निर्धारण गर्ने ।
बजेटिङ्ग गर्ने: तपाईंको पैसा कहाँ जाँदैछ भनेर बुझ्नको लागि आफ्नो आय र खर्चहरू ट्याक गर्ने र अनावश्यक खर्च कटौती गर्ने ।
आम्दानी पश्चात् पहिले आफैलाई भुक्तान गर्ने: अर्थात् आफ्नो आय प्राप्त गरेपछि बचत खातामा स्वचालित स्थानान्तरणहरू सेट गरी बचत अभ्यास गर्ने ।
एक आपतकालीन कोष निर्माण गर्ने: अप्रत्याशित आर्थिक अवरोधहरूको अवस्थामा ३–६ महिनाको लागि आवश्यक पर्ने जीवन खर्च बचत गर्ने लक्ष्य तय गर्ने जसको लागि अलग बैंक खाताहरू प्रयोग गर्ने । विभिन्न बचत लक्ष्यहरूको लागि तिनीहरूलाई व्यवस्थित राख्नको लागि फरक खाताहरूको व्यवस्थापन गर्ने जसले गर्दा कुन प्रयोजनको लागि बचत गरिएको हो, सो व्यवस्थित हुन सक्छ ।
विन्डफल्स बचत गर्ने: जब पनि तपाईंले बोनस वा कर फिर्ता जस्ता अप्रत्याशित पैसा प्राप्त गर्नुहुन्छ, यसको एक अंश बचत गर्ने जुन अस्वभाविक रुपमा प्राप्त आम्दानीलाई सम्भव भए सम्म सबै बचत गर्ने बानी बसाउने ।
ऋण घटाउने: ब्याज भुक्तानीमा बचत गर्न उच्च–ब्याजको ऋण रकमलाई घटाउने र सम्भव भए सम्म उक्त महंगो व्याजदरका ऋणहरु तिर्ने जसले गर्दा बचत बृद्धिमा सहयोग मिल्दछ ।
बुद्धिमानीपूर्वक लगानी गर्ने: तपाईंको पैसा मुद्धती खातामा मात्र नराखी समयको सहि विश्लेषणका आधारमा सबै रकम या उक्त बचत रकमको कम्तिमा पनि ८० प्रतिशत आँम्दानी उच्च हुने व्यवसायीक विकल्पहरुमा दीर्घकालीन लगानीहरू गर्ने जसले थप आम्दानीको अवसरहरु बृद्धि हुन्छ ।
लगानीलाई विविधिकरण गर्ने: एउटै क्षेत्रमा भन्दा पनि अलग अलग क्षेत्रमा लगानी गर्ने जसले जोखिमलाई न्यूीनकरण गरी आम्दानी बढवामा सहयोग गर्दछ । लगानीका लागि समय, आम्दानी दर, जोखिम, वातावरणीय अवस्था, निरन्तरता जस्ता कुराहरुको सहि विश्लेषण आवश्यक पर्दछ ।
नचाहिने वस्तुहरु तथा फजुल खर्चहरु नगर्ने (Avoid Impulse Buys): अनियोजित खरिदहरू गर्नु अघि धेरै सोच्नु पर्दछ आफुले योजना गरेको वस्तुहरुको मात्र खरिद गर्ने बानी बसाल्नु पर्दछु ।
प्रगति ट्याक गर्ने: नियमित रूपमा आफ्नो बचत लक्ष्यहरूको समीक्षा गर्दै आवश्यकता अनुसार समायोजन गर्नुपर्दछ । तपाईले जीवनमा सम्झिरहनु पर्ने कुरामा, बचत एक बानी हो जुन विकास गर्न समय लाग्छ तर सम्भव छ । यो वित्तीय सुरक्षा र आफ्नो वित्तीय लक्ष्यहरू प्राप्त गर्न अति आवश्यक र अपरिहार्य छ ।आफ्नो बचत बढाउन र अरूलाई बचत गर्न उत्प्रेरित गर्न यी रणनीतिहरू उपयुक्त हुन सक्दछन् । उपयुक्त रणनीतिहरु व्यक्ति, परिवार, संघ/संस्थामा प्रयोग गर्ने र आवद्ध सदस्यहरुलाई पनि प्रोरित गर्ने जसको लागि पनि सहकारी एक उक्त माध्यम हुन सक्दछ । जसका लागि स्पष्ट लक्ष्यहरू सेट गर्ने, अनुकुल बजेटको निर्माण गर्ने, खर्च कटौती र फजुल खर्च घटाउने, स्वचालित बचत अवधारणा अघि बढाउने जसमा आमदानी हुने बित्तिकै बचत गर्ने र बाँकी रकमबाट मात्र खर्च गर्ने बानीको विकास गर्ने ।
आम्दानीको स्रोतहरु बढाउने: आफ्नो आय बढाउने अवसरहरूको खोजी गर्ने जस्तै पार्ट–टाइम काम, फ्रीलान्सिङ, वा प्रयोग नगरिएका वस्तुहरू बेच्ने र आफु सँग भएको रकमलाई लगानी विविधिकरण गर्ने, उदाहरणद्वारा नेतृत्व गर्ने जसको लागि रोल मोडलको रुपमा रहेको व्यक्तिहरुको बृतान्त तथा दर्शनको अनुकरण गर्ने र साथीहरू र परिवारलाई प्रेरित गर्ने, समर्थन प्रस्ताव गर्ने जसमा जो बचत गर्न चाहन्छन् तर कसरी थाहा नहुन सक्छ तिनीहरूलाई मार्गदर्शन र प्रोत्साहन प्रदान गर्ने । चुनौतिहरू र माइलस्टोनहरू सेट गर्ने र व्यवहारीक प्रयोग गर्ने ।
भिजुअल एड्स प्रयोग गर्ने: आफ्नो बचत प्रगतिलाई समिक्षा गर्ने जसको लागि तय गरिएको बचत लक्ष्यहरूको प्रगति कल्पना गर्न दृष्टि बोर्ड वा बचत थर्मोमिटरहरू सिर्जना बनाउन सकिन्छ र विश्लेषण गरी आवश्यक परिमार्जन गरी बचत बृद्धि गर्ने ।
सफलताका कथाहरू आत्मसाथ र शेयर गर्ने: मानिसहरूका कथाहरू आफुले आत्मसाथ गर्ने र साथी एवं परिवारमा शेयर पनि गर्ने जसले सफलतापूर्वक बचत लक्ष्यहरू हासिल गर्न सहयोग र उत्प्रेरणा मिल्दछ ।
दीर्घकालीन लाभहरू हाइलाइट गर्ने: मानसिक शान्ति, आर्थिक सुरक्षा, र बचत बृद्धिका अवसरहरूमा जोड दिने, आफुले आत्मसाथ गर्ने र अरूलाई उत्प्रेरित गर्ने जसमा बचतका फाइदाहरू र उनीहरूको आर्थिक यात्रामा मार्गदर्शन गर्न बचत नै आधार हो भन्ने कुराहरुलाई जोड दिने जसले बचत गर्ने बानीको विकासमा मद्दत गर्दछ ।

बचत गर्ने सबै भन्दा महत्वपूण तरीकामा आफ्नो आम्दानीबाट पहिले बचत गर्ने र त्यसपछि आफ्नो खर्च कभर गर्ने, जसलाई प्रायः ‘पहिले आफैलाई भुक्तान गर्ने’ Pay Yourself First भनिन्छ, बचतको लागि यो उत्तम अभ्यास मानिन्छ, र यहाँ किन र कसरी यो सम्भव गर्न सकिन्छ:
(क) बचतको प्राथमिकता (Prioritizing Savings): तपाईंले आफ्नो खर्चहरू पूरा गर्नु अघि आफ्नो आम्दानीको एक अंश बचत गरेर, तपाईंले बचतलाई वित्तीय प्राथमिकता दिनुपर्दछ  । यसले तपाईलाई गैर–आवश्यक वस्तुहरूमा खर्च गर्नु अघि आफ्नो वित्तीय लक्ष्यहरू र आपतकालिन अवस्थाहरूको लागि पैसा छुट्याउनु पर्दछ भन्ने कुरामा सुनिश्चित गर्दछ ।
(ख) स्थिरता: जब तपाइँ बचत खातामा स्वचालित स्थानान्तरणहरू सेट अप गरेर तपाइँको बचत स्वचालित गर्नुहुन्छ, तपाइँ एक नियमित र निरन्तर बचत बानी स्थापीत भएको अवस्था हो भन्न सकिन्छ । यस्तो अभ्यासले सबै आम्दानी खर्च गर्ने र बचतलाई बेवास्ता गर्ने जोखिम कम गरी बचत गर्ने बानीको विकासमा सहयोग गर्दछ जसलाई निरन्तर अभ्यास गर्नु आवश्यक छ । 
(ग) आपतकालीन कोष: आपतकालीन कोष निर्माण वित्तीय सुरक्षा को एक महत्वपूर्ण भाग हो । पहिले आफैलाई भुक्तान गर्नाले तपाईंलाई यो कोष निर्माण गर्न मद्दत गर्दछ, जसले तपाईंलाई अप्रत्याशित खर्च वा आम्दानी अवरोधहरूबाट जोगाइ भविष्य सुनिश्चि गर्न सहयोग पुर्याउदछ ।
(घ) लक्ष्य प्राप्ति: यदि तपाइँसँग विशेष वित्तीय लक्ष्यहरू छन्, जस्तै घर निर्माण तथा घर भाडा भुक्तानीको लागि बचत गर्ने वा सेवानिवृत्तिको लागि योजना बनाउने, पहिले आफैलाई भुक्तान गर्नाले तपाइँ यी लक्ष्यहरूमा प्रगति गर्न सुनिश्चित गरी बचत गर्ने बानीको विकास हुन्छ ।
(ङ) खर्च घटाउर्ने: जब खर्च गर्नु पुर्व बचत एवं आम्दानी एकिन गर्नुपर्दछ यस्ता कुराहरुको सहि रुपमा विश्लेषण गर्न सकेमा अनावश्यक वस्तुहरूमा खर्च गर्ने सम्भावना कम हुन्छ । यद्यपि, यो कुरा ध्यान दिन महत्त्वपूर्ण छ कि यो दृष्टिकोण सबैको लागि काम नगर्न सक्छ । कतिपय अवस्थामा, अनियमित आम्दानी वा उच्च निश्चित खर्च भएका व्यक्तिहरूलाई पहिले बचत गर्न चुनौतीपूर्ण लाग्न सक्छ । यस्तो अवस्थामा, बचतको लागि लचिलो दृष्टिकोण, जहाँ तपाइँ आफ्नो आय र खर्चको आधारमा आफ्नो बचत समायोजन गर्न उपयुक्त हुन सक्छ । बचत गर्ने उत्तम तरिका भनेको तपाईको आर्थिक अवस्था, लक्ष्य र प्राथमिकताहरूको सहि विश्लेषण र सो को व्यवहारीक उपयोग नै हो । अत्यावश्यक वस्तुहरूमा अत्यधिक खर्च नगरी बचत र आवश्यक खर्चहरू कभर गर्ने बीच सन्तुलन खोज्नु नै बचतको मुख्य र महत्वपूण जडी हो । पहिलो बचत एक मूल्यवान रणनीति हो, तर आवश्यकता अनुसार आफ्नो अद्वितीय परिस्थितिमा यसलाई अनुकूलन गर्नु सक्नुपर्दछ जसको लागि पनि बचत गर्नुपर्छ भन्ने धारणाको विकास नै महत्वपूर्ण हुन्छ किनकी आम्दानी भएर मात्र बचत हुने होइन खर्चमा मित्तव्ययी व्यहारले पनि बचत गर्न सकिन्छ ।

बचतलाई दैनिक जीवनको बानीको रूपमा विकास गर्दा वित्तीय लक्ष्यहरूलाई पुरा गर्न सकिन्छ । दैनिक दिनचर्यामा बचत समावेश गर्ने व्यावहारिक तरिकाहरूमाः स्वचालित बचत, बजेट निर्माण जीवनमा सो को अभ्यास, बचत तथा खर्चको प्राथमिकता निर्धारण, खर्च गर्दा नगदको नै प्रयोग जसले थप खर्च गर्न कटौति गर्दछ किनकी एटिएम, अन्य अनलाईन पेमेन्टबाट बढी खर्च गर्ने बानी हुन सक्दछ,. अनावश्यक खर्च कटौती,  घरमा नै पकाएका कुराहरुको उपभोग गर्ने बानी, क्रेडिट कार्ड प्रयोगमा सीमितता,  बचत लक्ष्यहरू निर्धारण गर्ने, आपतकालीन कोष निर्माण गर्ने, साइड हस्टल्सः अतिरिक्त आम्दानीका लागि अवसरहरू अन्वेषण गर्ने, जस्तै अंशकालिक जागिरहरू, फ्रीलान्सिङ, वा अनावश्यक वस्तुहरु विक्री गर्ने, मूल्यहरू तुलना गर्ने बानीको विकास गर्ने, कम आवश्यक वस्तु खरिदका लागि ढिलो निर्णय लिने जसले केहि समय पछि खरिद गर्न आवश्यक नहुन पनि सक्छ, बचत एपहरुको प्रयोग गर्ने, नियमित रुपमा आफ्नो वित्तीय लक्ष्य र बचत रणनीतिको समीक्षा र समायोजन गर्ने जसको लागि माइलस्टोनहरू सेट गर्ने र प्रयोग गर्ने । 

बचत भविष्यको अनिश्चितता निर्मुल गर्न र जीवन कल्याणको लागि महत्त्वपूर्ण छ किनभने यसले वित्तीय सुरक्षा र स्थिरता प्रदान गर्न सहयोग गर्दछ जसको लागि 

वित्तीय सुरक्षा: नगद बचतले व्यक्तिहरूलाई वित्तीय सुरक्षा निर्माण गर्न सहयोग गर्दछ । अप्रत्याशित आपतकालिन अवस्थामा, जस्तै चिकित्सा खर्च, मर्मत तथा सम्भार, वा जागिर समाप्त पश्चात जीवन संचालन गर्नमा यदि बचत भएमा ऋण नलिई बचतबाट नै यस्ता लागतहरू कभर गर्न सहयोग पुग्दछ ।
आर्थिक अनिश्चितता: भविष्य अनिश्चित छ, र आर्थिक अवस्था द्रुत रूपमा परिवर्तन भईरहेको हुन्छ । बचतले व्यक्ति र परिवारसँग आर्थिक मन्दी वा मन्दीको अवस्थामा पनि जीवन निवार्हलाई स्थिर र सुनिश्चित पार्न सहयोग प्रदान गर्दछ ।
सेवानिवृत्ति योजना: वृद्धावस्थामा जीवनको गुणस्तर कायम राख्न सेवानिवृत्तिको लागि बचत महत्त्वपूर्ण छ । पर्याप्त बचत बिना, सेवानिवृत्तहरूले आफ्नो जीवन व्ययहरू कभर गर्न संघर्ष गर्नुपर्ने हुन सक्छन्, अतः प्रयाप्त बचत भएको यस प्रकारको जोखिम सँग जुध्न सहयोग प्रदान गर्दछ ।
शिक्षा र क्यारियर निर्माणका लागि बचत: बचतले शिक्षा र सीप विकासका लागि लगानीलाई पनि समर्थन गर्न सक्छ, जसले राम्रो रोजगारीका अवसरहरू र क्यारियर बृद्धि र उन्नतिमा पनि सहयोग गर्दछ अन्ततः कल्याणमा समेत योगदान पुर्याउँछ ।
तनाव न्यूनीकरण: बचत गर्नाले वित्तीय तनाव र चिन्ता कम हुन्छ । यसले मानिसहरूलाई पैसाको बारेमा निरन्तर चिन्ता नगरी उनीहरूको समग्र कल्याण, स्वास्थ्य र व्यक्तिगत विकासमा ध्यान केन्द्रित गर्न सहयोग गर्दछ ।
दीर्घकालीन लक्ष्यहरू: बचतले व्यक्तिहरूलाई दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्छ, जस्तै घर किन्न, स्वच्छ र उत्कृष्ठ परिवार वातावरण विकास गर्न, आवश्यकता अनुसार यात्रा गर्न, साथै समग्र जीवन कल्याण र जीवन सन्तुष्टि बढाउन समेत बचतले अहम भूमिका निवार्ह गर्दछ ।

अन्तमा, बचतले एक वित्तीय कुशन प्रदान गर्दछ जसले व्यक्ति र परिवारहरूलाई अनिश्चित समयहरू नेभिगेट गर्न, उनीहरूको भविष्यको लागि योजना बनाउन र गुणस्तरीय जीवनकोे आनन्द लिन, वित्तीय स्वतन्त्रता प्रदान गर्न मद्दत गर्दछ । यसले वित्तीय तनाव कम गरेर र व्यक्तिगत र वित्तीय वृद्धिको लागि अवसरहरू प्रदान गरेर समग्र कल्याणमा योगदान पुर्याउँछ । बचतले थप व्यवसायिक प्रगतिका लागि मार्ग प्रसस्त गर्दछ त्यसैले बचत भविष्यको आधार हो आजदेखि नै बचतको थालनी गरी सबै प्रकारको वित्तीय जोखिमको सामना, व्यक्तिगत र वित्तीय स्वतन्त्रताका लागि बचत गर्ने बानीको विकास गरौं, विश्व बचत दिवसको सबैमा हार्दिक शुभकामना ।

feedback: Pokharel.prakash@gmail.com

Advertisment