काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । त्यस्तै आयात २.४ प्रतिशत, निर्यात ३.६ प्रत...
काठमाडौं : चालु खाता करिब २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाखसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म चालु खाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो...
काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा विदेशी विनिमय सञ्चिति १९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.२ प्रतिश...
काठमाडौं : चालु आर्थिक वर्षको दश महिनामा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । यस अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो...
काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांक प्रकाशित गरेको छ । उक्त तथ्यांक अनुसार प्रदेशमा तोकिएको क्षेत्रमध्ये कृषि क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह भएको पाइएको छ । राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा बैक तथा वित्तीय संस्थाहरुले ८८ अर्ब ३५ कर...
काठमाडौं : डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लागेका छन् कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उनमा देखिन्छ । गत वर्षको राष्ट्रिय कला प्रदर्शनीमा ‘डुङ्गा चियाघर’ श...
काठमाडौं : ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी प्रकरणमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित थप ८ जना पक्राउ परेका छन् । देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र उक्त ऋण डुबेको आरोपमा बैंकका...
काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६१ कम्पनीको शे...
काठमाडौं : यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू–भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने...
काठमाडौं : सीजी फुड्स नेपाल लिमिटेडले नेपाल दोस्रो पटक आइ.सि.सि. पुरुष टि-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सीजी फुड्सले नेपाल...
अत्तरिया : कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयु...
गोदावरी : कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हज...
काठमाडौं : नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीलृे एक सूचना जारी गर्दै कम्पनीमा वा बीमा सर्भेयरलाई दाबी फछ्र्यौट गर्न आवश्यक कागजात पेश नभएको वा कम्पनीको सम्पर्कमा नआएका बीमितहरुलाई १५ दिनभित्र आवश्यक का...
काठमाडौं : देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा न...
गण्डकी : प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम...
काठमाडौं : उपराष्ट्रपति राम सहाय यादवले जलवायु परिवर्तनको असर निमूृल गर्न तथा अनुकलनका निम्ति वनले पुर्याएको योगदानको समिक्षा र मूल्यांकन सबै पक्षबाट हुन जरुरी रहेको बताएका छन् । निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताउँदै उनले मुलुकमा कार्बन व्यापार र वन पैदवारको सहज आपूर्तिको व्यवस्...
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो । संशोधनका लागि मन्त्रालयका सहसचिव ए...
म्याग्दी : आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व...
काठमाडौं : ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित प्रथम वार्षिक साधारण बोलाएको हो । उक्त सभा असार २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा बिहान ११...
काठमाडौं : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैँ रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआएबी) ले जन...
भोजपुर : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क...
काठमाडौं : पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१र०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुक...
काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री ९लकइन पिरियड० असार २७ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण लागि खुला गरेको शेयर २०७८ असार २८ गते बाँडफाँट गरी संस्थ...
काठमाडौं : आज प्रि ओपन सेसनमा नेप्से सूचक १४.९४ विन्दुले बढेको छ । सूचक १४.९४ विन्दुले बढेसँगै २०८८.१४ अंकमा आएको छ । प्रि ओपन सेसनमा ४ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७९ कम्पनीको ८२ हजार ४ सय ३५ कित्ता सेयर कारोबार भएको छ । ५५ कम्पनीको भाउ बढ्दा २१ वटाको मूल्य घटेको छ ।