काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले मार्जिन कारोबार योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो । ...