सरकारको उदासीनताले खस्किँदै गलैँचाकाे निर्यात, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकस
काठमाडौं : विश्व बजारमा नेपाली गलैँचाको माग उच्च छ । नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये अग्र स्थानमा गलैँचा नै पर्छ । तर, सरकारले ल्याएको नीतिका कारण गलैँचाको त्यो स्थान खस्किँदै गएको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष गलैँचाको निर्यात घटेको छ । गत आवमा नेपालले १० अर्ब ५७ करोड...