काठमाडौं : सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने योजना कार्यान्वयनमा ल्याउने भएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) तथा स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध कारोबारबाट आधिकारिक बिल लिने उपभोक्ताले यो योजनामा सहभागिता...
विराटनगर : तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी-व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई योजनासहित काम गर्न निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त...
काठमाडौं : चालु आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष (ल रिफर्म इयर) घोषणा गरेको कानून मन्त्रालयले लक्ष्य पूरा गर्नका लागि आवश्यक तयारीका विषयमा सबै मन्त्रालयसँग छलफल गरेको छ। कानून मन्त्रालयले सोमबार सबै मन्त्रालयका कानून शाखा/महाशाखाबीच छलफल गरेको कानूनमन्त्री सोबिता गौतमको सचिवालयले ज...
काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। हाल नेपाल...
काठमाडौं : धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको छ । आज २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ भने १,२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक भोलि बिहान (५ साउन) रक्सौल आइपुग्ने जानकारी प्राप्त भएको छ । यस्तै, कोलकाताबाट थप २५०० मेट्र...
काठमाडौं : नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरुलाई सोमबार बोर्डमा स्वागत गरिएको हो । यससँगै...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादव को ठाडो निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखि उठ्न बाँकी रहेको भाडा असुली प्रक्रिया तीव्र पारिएको छ। सरकारले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन अन्तिम निर्...
काठमाडौं : नेपालमा रोयल इन्फिल्ड मोटरसाइकल एसेम्बल गर्दै आएको त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपले चालु आर्थिक वर्षको पहिलो नौ महिनामै ४ अर्ब १० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०२५ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ र सन् २०२४ मा २ अर्ब ९६ करोड ९० लाख रुपैयाँ...
काठमाडौं : नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफओए) र चीन सरकारको साझेदारीमाStrengthening Agrifood Systems in Nepal परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ। २४ महिने यो परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु-उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य त...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन् । पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा उनले पु...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), धितोपत्र ब्रोकर एसोसिएसन नेपाल तथा लगानीकर्ता प्रतिनिधिसँग भएको छलफलमा उनले पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री...
काठमाडौं : सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापन प्रक्रिया अघि बढाउन अन्तिमपटक आवेदन आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा...
काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान-प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिए...
काठमाडौं : बजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सूचना...
काठमाडौं : बैंकर्सहरूले सहकारी क्षेत्रको नियमनको जिम्मा नेपाल राष्ट्र बैंकलाई दिन सुझाएका छन् । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा सहभागी बैंकर्सहरूले बैंकिङ कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउनु पर्ने...
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा बन्द भएको हो । शुक्रबार नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका २३९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पन...
काठमाडौं : नेपालमा भोलि १ हजार २५० मेट्रिक टन डी ए पी मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डी ए पी मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त...
एजेन्सी : ब्रिटिश स्टिलको पूर्वमालिक चिनियाँ कम्पनी जिङ्ये ग्रुपले घाटामा रहेको स्टिल कम्पनीलाई राष्ट्रियकरण गर्ने बेलायती सरकारको निर्णयविरुद्ध क्षतिपूर्ति माग्ने जनाएको छ। चीनको जिङ्ये ग्रुपले स्कन्थोर्पस्थित स्टिल कारखाना आर्थिक रूपमा सञ्चालन गर्न सम्भव नभएको भन्दै बन्द गर्ने योजना अघि सा...
काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले कालिकोट जिल्लामा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला-१ जलविद्युत आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको असार ३ गते सम्पन्न सञ्चालक समितिको ११८औँ बैठकले एस.सी. पावर प्रालिले प्रवर्द्धन गरेको तिला-१ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गर...
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे हुने छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा...
काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा ५८ अर्ब रुपैयाँ बराबरको बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको छ । उद्योग विभागका अनुसार असार मसान्तसम्म एक हजार ११६ परियोजनाका लागि ५८ अर्ब १० लाख ८५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यसअवधिमा ८९७ परियोजनामा अटोमेटिक रुटबाट ९ अर...